२२ मंसिर २०७८, बुधबार

भारतीय स्थल सेना प्रमुख नरभाने नेपाल आउँदै

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार १३:३१


११ कार्तिक, काठमाडाैं । कार्तिक १९ गते ‘नोभेम्बर ४ तारिख’मा भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् ।

भ्रमणको यो मिति भारतीय पक्षले तोकेको नेपाली सेनाको जंगीअड्डाले जनाएको छ । तर उनको भ्रमणको मितिबारे नेपाली पक्षसँग यसबारे छलफल भएको थिएन ।

यसैबीच, आज दुई देशका अधिकारीबीच भ्रमणको मितिलाई औपचारिक टुंगो लगाउने विषयमा छलफल हुँदै छ, सम्भव त भारतीय पक्षले नै तय गरेको मितिलाई नै औपचारिकता दिने बढी सम्भावना रहेको छ ।

सेना प्रमुख नरावणेको भ्रमणले सीमामा देखिएको विवादपछि हिमालयन राष्ट्रसँगको सम्बन्धलाई पुन स्थापना गर्ने सम्बन्धमा महत्वपूर्ण कूटनीतिक सुरुवात हुने पनि अधिकारीहरुको अपेक्षा छ ।

भ्रमणका क्रममा नरावणेले समकक्षी नेपालका प्रधानसेनापती पूर्णचन्द्र थापा लगायत नेपालका शीर्ष नागरिक र सैन्य अधिकारीहरुसँग १८ सय किलोमिटर लामो सीमासहित दुई देशबीच देखिएका महत्वपूर्ण मुद्दाहरुमा विस्तृत वार्ता गर्ने बताइएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई लिएर दुई देशबीच सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतबाट सेनापति तहमा हुन लागेको पहिलो उच्चस्तरीय भ्रमणलाई महत्वपुर्णकासाथ हेरिएको छ । सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण गत बर्षको माघ २० गते तय भएकोमा कोराना भाइरसको महामारीका कारण स्थगीत भएको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा