२२ मंसिर २०७८, बुधबार

अमेरिकी सर्वोच्च अदालतमा न्यायाधीशमा एमी कोनी ब्यारेट नियुक्त

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार १३:४२


११ कार्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिय निर्वाचनको पूर्वसन्ध्यामा अमेरिकी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको सिफरिसमा एमी कोनी ब्यारेटलाई न्यायाधीशमा नियुक्त गरिएको हो ।

राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनले ५२ र ४८ मतमार्फत ब्यारेटलाई न्यायाधीश नियुक्तिका लागि अनुमति दिएका हुन् । एकजना सिनेटर सुसन कोलिन्सले भने पार्टीको लाइनभन्दा बाहिर ब्यारेटविरुद्ध डेमोक्रेटका पक्षमा मतदान गरेका थिए । ४८ वर्षीया ब्यारेटलाई ह्वाइट हाउसमा प्रधानन्यायाधीश जोन रोबर्टले शपथ ग्रहण गराउने भएका छन् ।

रिपब्लिनकले एक कार्यकालमा नियुक्त गरेकी ब्यारेट तेस्रो न्यायाधीश बन्न पुगेका छन् । एमी नियुक्त भएसँगै अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको ६र३ को बहुमत भएको छ ।

माथिल्लो सदनले एमीको नाम पारित गरेपछि एमीले सर्वोच्च अदालतमा ८७ वर्षको उमेरमा दिवंगत भएकी न्यायाधीश गिन्सबर्गको स्थान लिएकी छन् ।

अमेरिकाको संविधानअनुसार सर्वोच्च अदालतमा न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन् । उनीहरुको फैसलाले बन्दुकदेखि मताधिकार, गर्भपतनसहितका सार्वजनिक जीवनका सबै पक्षमा प्रभाव राख्ने गरेको छ । बीबीसी 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा