१२ मंसिर २०७८, आईतवार

संक्रमणमै १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किए

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार १६:०७


११ कार्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणपछि १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांकअनुसार १ लाख २२ हजार ५ सय ६३ नेपाली हवाइ उडान मार्फत् स्वदेश फर्किएका हुन् ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका उनीहरु स्वदेश फर्किएका हुन् । सरकारले विदेशमा रोजगारी गुमाएका तथा नेपाल आउनै पर्नेहरुलाई नेपाल आउन दिने गरेको छ । अहिलेसम्म ३२ देशबाट नेपाली फर्किएका छन् ।

स्वदेश फर्किनेमध्ये धेरै खाडीका देश पुगेकाहरु रहेका छन् । हिजो कतारबाट ३७४ जना, यूएईबाट १ सय ३४ जना, साउदीबाट १ सय ६३ जना स्वदेश आइपुगेका छन् ।

तथ्याङक अनुसार कोरोना महामारीपछि सबैभन्दा धेरै यूएईबाट ३५ हजार ४ सय १७ जना देश फर्किएका छन् । त्यसपछि कतारबाट २२ हजार ५ सय ९४, मलेसियाबाट १७ हजार ९ सय २४ जना र साउदी अरेबियाबाट १७ हजार १ सय ६० जना आएका छन् ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा