२२ मंसिर २०७८, बुधबार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

प्रकाशित मिति :  ११ कार्तिक २०७७, मंगलवार २०:१९


अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

११ कार्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका-१० शंखमुल चोकस्थित एशियन पेन्टसको न्यूआरके ईन्टरप्राईजेज पसलमा बिद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा रंग, रंग बनाउने मेसिन, कम्प्युटर तथा बिभिन्न निर्माण सामग्रीहरू समेत पूर्ण रुपमा जलेर करिब २० लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

भोजपुर, साल्पासिलिछो गाउँपालिका-५ पिचुङ्ला बस्ने भक्त बहादुर बिकको घरमा सोमबार आगलागी हुँदा नगद, लत्ताकपडा, भाँडावर्तन, अन्नपात, फर्निचर साथै घर पूर्णरुपमा जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा