१९ मंसिर २०७८, आईतवार

आजबाट नेपाल-चीनबीचको तातोपानी नाका पुनः खुल्ने

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार ०७:५१


११ कार्तिक, काठमाडौं । नेपाल-चीनबीचको तातोपानी नाका आजबाट पुनः खुल्ने भएको छ । विगत लामो समय ‘कोरोना भाइरस महामारी सुरू भएयता’ बन्द रहेको उक्त नाका गएको असोजमा २ दिन मात्र खुलेर पुनः बन्द भएको थियो ।

यसअघि सामान लोड-अनलोड गर्ने तीन जना कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि खुलेको २ दिनमै उक्त नाका असोज २१ देखि पुनः बन्द भएको थियो ।

अहिले फेरि स्वास्थ्य सावधानी अपनाएर नाका सुचारू गर्न लागिएको हो । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै नाका सञ्चालनको तयारी भएको जनाइएको छ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा