२२ मंसिर २०७८, बुधबार

वागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार ०९:२०


१२ कार्तिक, झापा । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । उनले मंगलवार पीसीआर रिपोर्ट पोजेटिभ आएको बताए। उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैँमा झापाको मेचीनगरस्थित घर आएका थिए ।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए । हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा