११ मंसिर २०७८, शनिबार

कोरोनाबाट मेचीनगरकी ७९ वर्षीया महिलाको मृत्यु

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार १२:२९


१२ कार्तिक, झापा ।  मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टाकी ७९ वर्षीया महिलाको आज कोभिड –१९ को संक्रमणबाट मृत्यु भएको छ । बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारकै क्रममा आज बिहान ९ बजे उनको मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यसै साता बिर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको वडाध्यक्ष ललित तामाङले जानकारी दिए।

निमोनिया संक्रमण पत्तो लागेपछि उनलाई सघन उपचार कक्षमा राखेर थप उपचारका गर्न हस्पिटल लगिएको थियो । बडादशैँको टीकाको दिन उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मृतकका नातिले जानकारी दिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा