१९ मंसिर २०७८, आईतवार

भोलीदेखि पोखरा महानगरको सेवा सञ्चालनमा आउने

प्रकाशित मिति :  १२ कार्तिक २०७७, बुधबार २०:००


अटोमोबाइल इन्जिनीयरिङ अध्ययन गर्न आह्वान

१२ कार्तिक, कास्की । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने सेवा बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । महानगर कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि गत असोज २९ गतेदेखि बन्द सेवा कात्तिक १३ गतेदेखि सञ्चालनमा आउने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए ।

कर्मचारीमा सङ्क्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न महानगरपालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका अन्य सेवा स्थगन गरिएको थियो । महानगरमा गठित कोरोना संक्रमण रोकथाम मूल समितिको आजको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्ने गरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवा नियमित गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा