२२ मंसिर २०७८, बुधबार

नबिल बैंकलाई एडीबीकाे अवार्ड

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार १२:२१


१३ कार्तिक, काठमाडौं । नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ । एशियाली विकास बैंकको (TSCFP) द्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उदेश्यका साथ बैंकहरुलाई ग्यारेन्टी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले ग्यारेन्टी र ऋण मार्फत बजारमा रहेका कठिनायिहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त गर्दछ ।

एडीबी व्यापार वित्त कार्यक्रम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जून २०२० सम्म नेपालमा त्क्ऋँए संग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो । सन् १९८४ देखि ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको प्रमुख संस्थागत संचार बिभागका, कृष्ण सुवेदीले बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा