११ मंसिर २०७८, शनिबार

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा : अध्यक्ष थापा

प्रकाशित मिति :  १४ कार्तिक २०७७, शुक्रबार ११:५३


सरकारको नीति तथा कार्यक्रम, फोस्रो नारा र अव्यवहारिक दस्तावेज :  राप्रपाका अध्यक्ष थापा

४ कार्तिक, काठमाडौं । अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको भन्दै राप्रपा अध्यक्ष कमल थापाले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत बन्न सबैलाई आग्रह गरेका छन् ।

सामाजिक संजालमा आज एक सन्देश दिंदै अध्यक्ष थापाले भारत र चिनसँगको सम्बन्धमा सत्तारूढ र प्रमुख प्रतिपक्ष दलको रणानीतिको आलोचना गरेका छन् । सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको अध्यक्ष थापाको भनाइ छ । नेपालका लागि भारत र चिनसंगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो भन्दै अध्यक्ष थापाले सत्तारूढ नेकपा र मुख्य विपक्षी कांग्रेसको गलत विदेश नीति तथा व्यवहारको आलोचना पनि गरेका छन्।

राप्रपा अध्यक्ष कमल थापाले सामाजिक संजालमा लेखेका छन् : भारत र चिनसँगको सम्वन्धमा रणनीतिक सन्तुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो । तर,सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ। देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत बनौं ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा