२३ मंसिर २०७८, बिहीबार

धापासीमा छुरा प्रहारबाट युवकको हत्या, दुई जना पक्राउ

प्रकाशित मिति :  १४ कार्तिक २०७७, शुक्रबार १७:३४


१४ कार्तिक, काठमाडौं । धापासीमा छुरा प्रहार गरी युवकको हत्या भएको छ । तनहुँ घर भइ हाल धापासीमा बस्दै आएका २५ वर्षीय आशिष मगरको छुरा प्रहार गरी हत्या भएको हो ।

हत्या आरोपमा प्रहरीले दिवस अधिकारी, रवि थापा मगरलाई पक्राउ गरेको छ । आरोपित अन्य दुई जना अझै फरार छन् । प्रहरीका अनुसार फरारको खोजी कार्य जारी रहेको र पक्राउ परेकासँग सोधपुछ भइरहेको छ ।

छुरा प्रहारबाट ज्यान गुमाएका मगरको शव त्रिवि शिक्षण महाराजगन्जमा राखिएको छ । उनले वाल पेन्टिङ गर्ने काम गर्दै आएका थिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा




किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता