२२ मंसिर २०७८, बुधबार

बाँसघारीबाट ३ लाखसहित तीन जना पक्राउ

प्रकाशित मिति :  १५ कार्तिक २०७७, शनिबार १३:३९


१५ कार्तिक, जनकपुरधाम । महोत्तरी प्रहरीले बाँसघारीमा जुवा खेलिरहेका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनरासिस्वा नगरपालिका ७ बस्ने ४० वर्षीय बिनोद कुमार साह, सोही उमेरका सरोज कुमार साह र ३५ वर्षीय सन्तोष कुमार साह छन् ।

जिल्लाको मनरा सिस्वा नगरपालिका ६ स्थित बाँसघारीमा शनिबार जुवा खेलिरहेका उनीहरुलाई ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ गरेको हो । जुवा खेलिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बलवा र अस्थायी प्रहरी पोष्ट सरपल्लोबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्दै नौ थान कौडासमेत बरामद गरेको छ ।

उनीहरुमाथि जुवा मुद्दामा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा