१२ मंसिर २०७८, आईतवार

‘लेउ खुकुरी लेउ, भ्रष्टचारी जतिलाइ पुर्याइदिउँ छेउ’ !

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार १३:५८


१६ कार्तिक, काठमाडौं । भ्रष्टाचार, व्यातिथि बिरुद्दका बिषयमा प्राय कलाकारले सिर्जना गर्दैनन । गरेका सिर्जना पनि बिरोध आउने र गीत नै हटाउनु पर्ने अवस्था आउने भएकाले पनि कलाकारले आट गर्न सक्दैन् ।

तर पछिल्ला दिनमा लोक दोहोरीमा चर्चामा रहेका नबिन पौडेलले आट गरेका छन भ्रष्टाचार, व्यातिथि बिरुद्द गीत गायर । ‘लेउ खुकुरी लेउ, भ्रष्टचारी जतिलाइ पुर्याइदिउँ छेउ’ बडादशैको अवसर पारेर गायक पौडेलले गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरेका हुन् ।

पौडेलको आफ्नै लय, शब्द अनि स्वरको यस गीतलाई गायक पौडेलले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन । गीतमा केशव बडुको एरेन्ज रहेको छ ।

गीतको म्यूजिक भिडियोको छायांकन, सम्पादन तथा निर्देशन बिष्णु भट्टराईले गरेका हुन् । स्टेज दोहोरीमा तहल्का पिटेका गायक पौडेलको उक्त गीतलाई महत्वपूर्णका साथ हेरिएको छ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा