कोरोनाले रोजगार गुम्दा शिक्षकको दशैँ पीडादायी
नेपालबहस संवाददाता
कात्तिक १६, २०७७ आइतबार २०:१७:३
१६ कार्तिक, टीकापुर । लम्कीचुहा नगरपालिकाका रोहित धामी निजी विद्यालयका शिक्षक हुनुहुन्छ । रोहितले विद्यालयबाट तलब नपाएको आठ महिना भयो । रोजगारविहीन भएका रोहितलाई यस वर्षको दशैँ टार्न निकै गाह्रो भयो । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलन थालेपछि गत वर्ष चैतबाट बन्द भएका विद्यालय सञ्चालनमा नआएपछि निजी विद्यालयमा कार्यरत शिक्षकले तलब पाउन सकेका छैनन् ।
रोहितका भाइ रोहन निजामती सेवातर्फका अधिकृत हुनुहुन्छ । हरेक वर्ष दशैँमा रमाइलो गर्ने यी दुई भाइ यस वर्ष खासै रमाउन सकेनन् । “भाइले खसी काटेर, नयाँ लुगाकपडा किनेर धुमधामका साथ दशैँ मनायो, तर मेरो त घरमा अन्नकै समस्या शुरु भइसकेको थियो”, रोहितले भने, “मलाई निकै पीडा भयो, समाजमा शिक्षक भनेर चिनिएको मानिस छैन भन्न पनि सकिनँ । भाइले पनि यस वर्ष धुमधाम नगरौँ दाइ बेरोजगार भएको छ भनी बुझेन ।” रोहितले यस वर्ष दशैँमा श्रीमती र बालबच्चालाई नयाँ लुगा, मिठो खानेकुरा खुवाउन नपाएको बेला भाइको तडकभडकले थप पीडा दिएको बताए ।
टीकापुर–३ का ललिता चौधरीका दम्पती नै निजी विद्यालयमा कार्यरत शिक्षक छन। ललिताको पनि रोहितको जस्तै समस्या शुरु भएको छ । कमाउने दुवै बेरोजगार भएका छन् । विद्यालय नचलेसम्म उनीहरुको घरमा समेत खुशीयाली पस्नेवाला छैन । “यस वर्ष माइत पनि गइनँ, कोरोना महामारी फैलिएको छ, सञ्चो छैन भन्ने बहानामा आफन्तकहाँसमेत टीका लगाउन गएनौँ”, ललिता भन्छिन, “छिमेकीले रमाइलो गरी दशैँ मनाएको देख्दा छोराछोरीले सताउने रहेछन् । खर्च नभएर यस वर्ष दशैँमा धेरै दुःख लाग्योे ।”
कोरोना सङ्क्रमणको जोखिम बढेपछि विद्यालय बन्द हुँदा कैलालीका हजारौँ शिक्षकको रोजीरोटी चलेको छैन । कैलालीमा समुदायस्तरमै सङ्क्रमण देखिन थालेकाले विद्यालय खुल्ने टुङ्गोसमेत लागेको छैन । “विद्यालय नचले शिक्षकले तलब कहाँबाट पाउनु ? अधिकांश निजी विद्यालय भाडाको घरमा चलेका छन्”, स्थानीय बन्दना जैसी भन्छन, “अब कति विद्यालयलाई घरधनीले घर खाली गर्न लगाउनेछन् । विद्यालय नचलेका कारण धेरैको घर चलाउन मुस्किल भएको छ ।”
सामाजिक अभियानकर्मी कल्पना उपाध्याय हुनेले नहुनेलाई देखाउने गलत संस्कारले कमजोरहरु सधैँ पीडामा रहने गरेको बताए । “समाज बिग्रेकै हुनेखानेले गर्ने तडकभडकले हो । हुनेले बढी खर्च गरेर देखाउँदा आर्थिक अवस्था कमजोर भएकाहरुको घरमा अशान्ति हुन्छ”, उपाध्याय भन्छन, “समाजमा बस्नेले यस्ता कुरामा ध्यान दिन आवश्यक छ । धनीले गरिबलाई दिएर बाडीचुँडी खानुपर्छ ।” उनका अनुसार समाजमा सबैलाई ध्यानमा राखेर चाडपर्व र संस्कृति मनाउन आवश्यक हुन्छ ।
टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले संक्रमण समुदायस्तरमै फैलिँदै गएकाले विद्यालय चल्ने नचल्ने अझै निश्चित नभएको बताए । “अनलाइन कक्षा पनि प्रभावकारी छैन, विद्यालयमा भीडभाड गरेर विद्यालय चलाउनु भन्न पनि सकिएको छैन”, अवस्थी भन्छन, “विद्यालय नचलेका कारण धेरैको रोजगार गुमेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
शिक्षकमाथि कारवाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलको विवरण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
बैशाख १४, २०८१ शुक्रबार