११ मंसिर २०७८, शनिबार

क्युट मायालु श्रृष्टिको कपाल कोरिदिदै सौगात

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार १५:५३


१६ कार्तिक, काठमाडौं । नेपाली चलचित्रमा आफ्नै प्रभाव कायम गरेर स्टारडम जमाएका नायक सौगात मल्ल पछिल्लो समय प्रेममा छन् । पूर्व मिस नेपाल तथा क्युट नायिका श्रृष्टि केसीसँग सौगात पछिल्लो तीन बर्षदेखि रोमान्स गरिरहेका छन् ।

उनीहरु पछिल्लो समय सँगसँग फिल्म पनि खेलिरहेका छन् । तर लकडाउन फिल्म निर्माणको काम ठप्प भएका बेला सौगात र श्रृष्टि भने माया प्रेममा रमाएका छन् । शुरु शुरुमा लुकेर रोमान्स गर्ने उनीहरु अहिले भने सँगसँगै बसेर खुलेर माया साटासाट गर्न थालेका छन् ।

जुन उनीहरुले सामाजिक सञ्जालमा समेत शेयर गर्ने गरेका छन् । हालै मात्रै श्रृष्टिले प्रेमी सौगातले कपाल मिलाईदिदै गरेको फोटो इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । जसले फेरि उनीहरुको चर्चा मात्रै होइन, गसिप पनि बढेको छ ।

सौगात र श्रृष्टि प्राय फिल्ममा अभिनयसँग विवाद र चर्चामा समेत आउने गरेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा