१९ मंसिर २०७८, आईतवार

३० बर्षीय पुरुषको हत्या गरेर तिनकुने पुलमूनि शव फाल्ने को ?

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार १६:१६


१६ कात्तिक, काठमाडौं । ३० बर्षीय पुरुषको हत्या गरेको अवस्थामा तिनकुने पुलमा शव भेटिएको छ । बागमती नदीको पुलमुनि ३० बर्षीय पुरुषको सड्न थालेको अवस्थामा शव भेटिएको हो ।

पूलमूनिबाट शव सडेको गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थल पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान शुरु गरेको छ । पुरुषको हत्या गरेर शव लुकाउन पूलमूनि फालेको हुन सक्ने अनुमान गरिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा