अब ताप्लेजुङको गाउँबस्तीमै स्वास्थ्य सेवाको पहुँच
नेपालबहस संवाददाता
कात्तिक १६, २०७७ आइतबार २२:७:३५
१६ कार्तिक, फुङ्लिङ । उपचार लागि हेलिकप्टर चार्टर गरेर अस्पताल पु¥याउनुपर्ने फक्ताङलुङ गाउँपालिकामा अहिले गाउँबस्तीमै स्थानीयले स्वास्थ्य सेवा पाउन थालेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका एक दुर्गम तथा भौगोलिक हिसाबले ठुलो क्षेत्र भएको विगत केही वर्षमा सामान्य उपचार नपाए ज्यान गुमाउनुपर्ने क्षेत्रमा स्थानीय सरकारको पहलमा गाउँबस्तीमा नै सामुदायीक स्वास्थ्य इकाइ स्थापना गरेर स्थानीय नागरिकलाई स्वास्थ्य सेवा दिनथालेको फक्ताङलङ–६ का वडाअध्यक्ष छोवाङ शेर्पाले जानकारी दिए ।
घरदेखि घण्टौँ पैदल हिडेर स्वस्थ्य चौकीसम्म पुग्नुपर्ने नगारिकले खेप्दै आएको समस्यालाई ध्यानमा राखेर आवश्यताको पहिचान गरेर पालिकाले स्वास्थ्य सेवाको पहुँच बढाउँदै लगेको उनले बताए । फक्ताङलुङमा ७ वटा स्वास्थ्य चाँकी सञ्चालन भइरहेको छ । एक स्वास्थ्यकर्मी रहने गरी आर्थिक वर्ष २०७६/७७ मा वडा नं ६ मा लुङथुङ सामुदायिक स्वास्थ्य इकाइ, वडा नं ५ हेल्लोकमा हेल्लोक सामुदायिक स्वास्थ्य इकाइ र वडा नम्बर ३ लिङखिममा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर स्थानीय समुदायमा स्वास्थ्य सेवा दिएको छ ।
गाउँपालिकाले यस आर्थिक वर्षमा वडा न १ सावादिनको मलबासे गाउँ वडा नं २ को मामाङखे गाउँ र वडा नम्बर ४ को खानी गाउँमा समुदायिक स्वस्थ्य इकाइ स्थापना गरेर थप नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पु¥याइएको छ । विगतदेखि नै फक्ताङलुङ–४ सुङसाबु गाउँ र फक्ताङलुङ–६ घुन्सामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएर स्वास्थ्य सेवा दिँदै आएको छ । अहिले गाउँपालिकामा सामुदायिक स्वास्थ्य इकाइ छ वर्थिङ सेन्टर सात स्वास्थ्य चौकी स्थापना भएर गाउँपालिकामा स्वास्थ्य सेवा प्रदान गर्दै आएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षमा १०२ जनाले वर्थिङ सेन्टरबाट प्रसूति गराएको र यस आर्थिक वर्षको अहिले सम्ममा ६५ जनाले सेवा लिएको उनले बताए । सरकारबाट ३६ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आएपनि गाउँपालिकाले १०० भन्दाबढी प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ । शिशु मृत्यु दर शुन्य बनाउनको लागि गाउँपालिकाले गाउँ–गाउँमा स्वास्थ्य स्वमसेविका मार्फत स्वास्थ्य जनचेतना तथा गर्भवतीको रेखदेख र वर्थिङ सेन्टरमा गएर प्रसूति गराउन प्रोत्साहन गर्दै आएको फक्ताङलुङ–१ का वडाअध्यक्ष यज्ञप्रसाद लिम्बूले बताए ।
सेन्टरमा गएर प्रसूति गराएबापत सरकारले तीन हजार नियमित स्वास्थ्य परीक्षण गराए बापत ८०० प्रदान गर्दै आएको भएपनि गाउँपालिकाले भूगोलको आधारमा सात हजारदेखि १० हजारसम्म थप प्रोत्साह भत्ता प्रदान गर्दै आएको उनले जानकारी दिए । सामान्य ज्वरो, रुघाखोकी लाग्दा जाँच गर्न तीन घण्टा हिडेर जानुपर्ने समस्या सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि हटेको फक्ताङलुङ–५ कञ्चजङघा आधारभूत विद्यालयका प्रधानाध्यपक राजु हेल्लोकले बताए ।
इकाइमा एकजना मात्र स्वास्थ्यकर्मी भएकोले कहिलेकाही घरमै गएर चेकजाँच गर्नुपर्ने अवस्था आएको समयमा स्वास्थ्य इकाइ नै बन्द गरेर जानुपर्ने बाध्यता रहेको हेल्लोक सामुदायिक स्वास्थ्य इकाइका अनमी अनिता हेल्लोकले जानकारी दिए । दैनिकरुपमा चार-पाँचजना स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य इकाइमा आउने गरेको छन् । व्यक्तिगत विषेश काम साथै स्वास्थ्य इकाइ कै काममा बाहिर जानुपर्ने भो भने स्वास्थ्य इकाइ नै बन्द गरेर जानुपर्ने भएकाले सामुदायिक स्वास्थ्य इकाइमा दुईजना स्वास्थ्यकर्मीको व्यवस्था गरे सहज हुने उनले बताए ।
विसं।२०७१ मा घुन्सा फाउण्डेशनले सञ्चालन ल्याएको सामुदायिक स्वास्थ्य इकाइले सो क्षेत्रका सुदायमा स्वास्थ्य सेवा दिँदै आएको छ । फाउण्डेशन र पालिकाको सहकार्यमा दुर्गम बस्तीमा स्वास्थ्य सेवाको पु¥याइरहेको स्वास्थ्य इकाइका स्वास्थ्यकर्मी प्रविन राईले जानकारी दिए ।
घुन्सा पुग्न ताप्लेजुङ सदरमुकामदेखि पैदल चार दिन लाग्ने भएकाले आवश्यक खाद्य सामग्री गाउँपालिकाले नै ढुवानी गरेर यहासम्म ल्याइदिँदै आएको उनले बताए । केही वर्षअगाडि सामान्य बिरामी हुँदा पनि हेलिकप्टर चार्टर गरेर अस्पतालसम्म पु¥याउनुपर्ने घुन्सामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएदेखि गाउँमै स्वास्थ्य चेकजाँच हुँदै आएको टाँसी तेन्जीङ शेर्पाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'बर्डफ्लू' संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन : डब्लुएचओ
बैशाख २८, २०८१ शुक्रबार
प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार