११ मंसिर २०७८, शनिबार

नेकपा फुटाउने प्रधानमन्त्री ओलीको घोषणा

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार १७:४३


१६ कार्तिक, काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने घोषणा गरेका छन् । शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा प्रधानमन्त्री ओलीले औपचारिक रुपमै पार्टी फुटाउने घोषणा गरेका हुन् ।

खुमलटारमा आफू निकट नेताहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ओलीबाट पार्टी फुटाउने औपचारिक प्रस्ताव आएको बताएका हुन् । यसले नेकपा विवाद फेरि नयाँ मोडमा प्रवेश गरेको छ । सँगै हिड्दा विवाद धेरै भएको, नेताहरुसँग कुरा मिल्नै छाडेको, सरकार र पार्टी दुवै चल्न नसकेको गुनासो ओलीले प्रचण्डसँग गरेका थिए ।

पार्टी फुटाउँदा सहज हुने जवाफ ओलीले दिएपछि प्रचण्ड तनावमा परेका छन् । कर्णाली प्रदेश सरकारमा झन संकट आउनुका साथै ओलीले नै सबै ठाउँमा पूर्व माओवादीलाई पेलेर जान खोजेपछि विवाद बढेको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा