२२ मंसिर २०७८, बुधबार

बंगलादेशबाट मल नआउने, ओलीले फेरि पनि किसानलाई झुक्याए !

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार १९:५७


१६ कात्तिक, काठमाडौं । बंगलादेशबाट पैचोमा मल नआउने भएको छ । ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट बंगलादेश पछि हटेपछि मल आउने सम्भावना नभएको हो ।

दुई देशका प्रधानमन्त्री बीच पैँचो मल लिन दिन भदौ १६ गते भएको मौखिक समझदारीबाट बंगलादेश पछि हटेको कृषि मन्त्रालयले जनाएको छ । नेपालले अब सरकारी तहबाटै मल किन्नु पर्ने अवस्था आएकाले किसानले फेरि पनि मल अभावको समस्या झेल्नुपर्नेछ ।

जीटूजी मार्फत खरिद गर्नका लागि मोडालिटी अन्तिम चरणमा पुगेको र स्वीकृतिका लागि केही दिन भित्रै मन्त्रिपरिषदमा पेश हुने कृषि मन्त्रालयका कर्मचारीको दाबी छ ।

सरकारले यसरी प्रक्रियागत रुपमै समस्या निम्त्याउँदा किसान भने मारमा परेका छन् । धान छर्ने बेला समेत मल नपाएका किसान फेरि गहुँ छर्ने बेलामा पनि मल नपाउने चिन्ता थपिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा