काठमाडौंमा नेविसंघको सरकार विरुद्ध प्रदर्शन
नेपालबहस संवाददाता
कात्तिक १७, २०७७ सोमबार १३:१६:४
१७ कार्तिक, काठमाडौं । भ्रष्टाचार र कोरोना माहामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाल विद्यार्थी संघले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन सहित कोणसभा गरेको छ । सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको, बालुवाटार जग्गाकाण्डमा मुछिएकै व्यक्तिलाई मन्त्री बनाएको, कोरोना महामारी बढ्दै जाँदा सरकारले निशुल्क उपचार बन्द गरेको कारण विरोधमा प्रदर्शन गरेको महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।
हाम्रा साथिहरुलाई प्रहरीले हिरासतमा चरम यातना दिएको छ । कसैलाई पनि नियन्त्रणमा लिएर कुटपिट गर्नु यातना दिनु गैरकानुनी हो त्य्वस्ता प्रहरी अधिकारीलाई कारबाही गर्नुपर्छ ।’तिमल्सिनाले भने, यो पन्चायती ब्यबस्था हैन गणतन्त्र हामिले नै लडेर ल्याएको हो । हामी सबैलाई खबरदारी गर्न चाहन्छौं, कानुनभन्दा माथी कुनै फुलि छैन।’
मानवअधिकार सम्बन्धि बिश्व ब्यापी मान्यता र राष्ट्रियरअन्तराष्ट्रिय घोषणालाई समेत लत्याउँदै हिरासत भित्र आफ्ना विद्यार्थी नेतालाई चरम मानसिक र शारीरिक याताना दिइनु अत्यन्तै गैरन्यायिक भएको भन्दै सो बारेमा परिवारले राष्ट्रिय मानव अधिकार आयोग लगाएत अन्य निकायमा उजुरी गरिसकेको र यातना दिने अनुसन्धान अधिकृत र सम्बन्धित प्रहरी कार्यालयका अधिकारी लाई यातना क्षतिपूर्ति सम्बन्धि कारबाहीका निम्ति आफन्त र नेपाल विद्यार्थी संघले थप कदम चाल्ने पनि तिमल्सिनाले बताएका छन ।
नेविसंघले सरकारले आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएकोमा पनि खेद प्रकट गरेको छ । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गरेको आरोपमा नेविसंघका केही नेता कार्यकर्ता पक्राउ परेकामा नेविसंघले विरोध जनाउँदै आएको छ । निर्दोष नेता हरुलाई झुटा मुद्दामा फसाउने प्रपन्च स्वरोप बिभिन्न ठाउँबाट पक्राउ गरि दिपक ओझा लगाएत आफ्न ३ जना नेताहरुलाइ प्रहरी हिरासतमा कोरोना भाइरस बाट सन्क्रमित गराएको भन्दै सो को जिम्मेवारी पनि प्रहरी अधिकारि ले नै लिनुपर्ने भन्दै महामन्त्री दिपक भट्टराईले नेपाल प्रहरी नेकपा प्रहरी मा परिणत भएको बताए ।
महानगरिय प्रहरी परिसरका एस.एस.पी.श्याम ज्ञावलि र उनको नेतृत्वमा रहेका प्रहरी अधिकृत हरुले हिरासतमा रहेका आफ्ना कार्यकर्ता लाई चरम यातना दिएको नेबिसंघले जनाएको छ । भ्रष्टाचार र कोरोना माहामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समर्थित नेपाल विद्यार्थी संघले काठमाडौं लगाएत देशको बिभिन्न ठाउहरुमा प्रदर्शन गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार