छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक १७, २०७७ सोमबार १९:१:३२
१७ कार्तिक, काठमाडौं । काठमाडौं, रौतहट, चितवन, सप्तरी, कैलाली, दाङ र नवलपरासी ९पश्चिम०का छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१३ बाफलस्थित सडकमा एनएल ०१ एडी ७१९३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काठमाडौं बाफल बस्ने धादिङ घर भएकी २२ वर्षीया देवी तामाङकी २ वर्षीया छोरी दिपशिखा तामाङको आइतबार साँझ मृत्यु भएको छ ।
बा.५६ प ४४५ नम्बरको स्कुटरले देवीलाई ठक्कर दिँदा साथमा बोकेकी छोरी सडकमा खसेपछि सो ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी दिपशिखाको मनमोहन मेमोरियल अस्पताल सितापाईलामा उपचारको क्रममा मृत्यु भएको हो । दुबै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट, मौलापुर नगरपालिका-३ शहिद चोकमा बीआर ०५ एसी ६०५३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मौलापुर नगरपालिका-३ बस्ने कृष्नदन यादवकी ५ वर्षीया छोरी अन्जु कुमारी यादवको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, भरतपुर महानगरपालिका-९ मिलन चोकमा एनएल ०१ एबि ९२३५ नम्बरको ग्याँस बुलेटमा ना.४२ प ९७१५ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २४ वर्षीय मनोज सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि सरकारी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक राप्ती नगरपालिका-५ बस्ने ४८ वर्षीय खडक बहादुर सुनारको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । ग्यास बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-३ महुली पुलस्थित सडकमा बा. २१ च ६३९ नम्बरको कारले को.२ ह ३४९८ नम्बरको सिटी रिक्सालाई आइतबार दिउँसो ठक्कर दिँदा रिक्दामा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ७० वर्षीया बद्री मुखिया र ७० वर्षीय दोवारिकालाल दास भन्ने बेचनलाल माझी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका मुखियालाई उपचारका लागि भारदह अस्पताल सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने माझीको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका रिक्सा र कारमा सवारमध्ये ३ जनाको भारदह अस्पताल सप्तरी र अन्य ३ जनाको गोल्डेन अस्पतालमा विराटनगरमा उपचार भइरहेको छ ।
कैलाली, मोहन्याल गाउँपालिका-४ बासपानीमा सुदूरपश्चितम प्र.०१००१ च २६२३ नम्बरको जिप अनियन्त्रित भई करिब ३० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार महोन्याल गाउँपालिका-२ पल्लागडा बस्ने ६० वर्षीय कबिराज भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकामध्ये ९ जनाको सोही अस्पतालमा उपचार भइररहेको र अन्य ५ जनालाई थप उपचारका लागि कोहलपुरतर्फ रिफर गरिएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ, घोराही उपमहानगरपालिका-३ स्थित सडकमा ना.६ ख ६२० नम्बरको ट्रक अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा ट्रक चालक बाँके घर भएका ३५ वर्षीय प्रकाश परियारको घटनास्थालमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही ट्रकमा सवार १ जना राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही हुँदै थप उपचारका लागि बुटवल मेडिकल कलेज बुटवल रिफर गरिएको छ ।
नवलपरासी ‘पश्चिम’, सरावल गाउँपालिका-७ बुलन्दपुरमा लु.४० प ६११३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री पाल्हीनन्दन गाउँपालिका-४ बस्ने ७५ वर्षीय गुलाब पटनवारको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवल रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा युवतीको निधन
जेठ १, २०८१ मंगलबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
वैशाखमामा डढेलो तथा आगलागीमा परी देशभर २६ जनाको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार