कामपाले दियो कान्ति बाल अस्पताललाई पीसीआर मेसिन
नेपालबहस संवाददाता
कात्तिक १७, २०७७ सोमबार २१:२४:५१
१७ कार्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोराना भाइरस परीक्षणका लागि पीसीआर मेसिन उपलब्ध गराएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले अस्पतालका निर्देशक डा। कृष्ण पौडेललाई सो मेसिन आज हस्तान्तरण गरे ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र निर्देशक डा पौडेलले पीसीआर मेसिन हस्तान्तरण सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । कामपासँग भगिनी सम्बन्ध स्थापित चीनको नानजिङ शहरले दिएका दुईमध्ये एक थान पिसिआर मेसिन अस्पताललाई हस्तान्तरण गरिएको बताइएको छ ।
कार्यक्रममा प्रमुख शाक्यले भगिनी सम्बन्ध स्थापित भएका विभिन्न नगरले कामपालाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि दिएका केही अत्यावश्यक स्वास्थ्य सामग्री चरणबद्धरुपमा हामीले सरकारी अस्पताललाई हस्तान्तरण गर्दै आएको जानकारी दिए । कामपाले यसअघि पनि उक्त अस्पताललाई अक्सिजन प्लान्ट राख्न आर्थिक सहयोग गरेको थियो ।
अस्पतालका निर्देशक डाक्टर पौडेलले आगामी एक हप्ताभित्रमा परीक्षण मेसिनलाई प्रयोगमा ल्याउने जानकारी दिए । अहिले पनि दैनिक २० देखि ३० जनासम्मको सङ्कलन गरिएको नमूना परीक्षणका लागि अन्य प्रयोगशालामा पठाउनुपर्ने बाध्यता रहेको बताउँदै उनले अब अस्पतालमै मेसिन जडान भएपछि त्यो समस्या हट्नेछ भने ।
कामपाले यसअघि गत साउन १९ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई कोभिड–१९ परीक्षण गर्ने मेसिनसहित अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । उक्त मेसिनको मूल्य करीब रु १६ लाख पर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार