नेकपामा कि ओलीको दास बन कि त विद्रोह गर ?
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ मंगलबार १८:३६:४५
१८ कार्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र केपी ओलीको बढ्दो दादागिरी थेग्न नेताहरुलाई ज्यादै मुश्किल भएको छ । ओली हाकाहाकी भन्छन्– कुनै पनि बैठक राख्दापनि राख्दिन, तिमीहरुले राख्यौ भने मान्दापनि मान्दिन । यस्तो बिखलबन्दको अवस्थामा पार्टी चल्न बाध्य भएको छ । ओली अल्पमतमा छन्, तर सबैभन्दा शक्तिशाली उनै देखिन्छन् । सत्ता चलाउँदा चौतर्फी आलोचना र गुनासो आउँछन्, तर ओलीलाई त्यसले कुनै फरक पार्दैन । कसैले अघिल्तिर कुरा उठाए भने ओठे जवाफ दिन्छन् – सक्छौ भने हटाउन त ।
पार्टी र सरकार सञ्चालनमा लगभग असफल भएका ओली उल्टो क्रान्तिकारी देखिएका छन् । इतिहासमै सबैभन्दा राम्रो काम गर्ने सरकार आफ्नै नेतृत्वको रहेको उनलाई भ्रम छ । त्यसैले उनी बेला बेला भन्छन्– राम्रो काम गर्ने सरकारको तारिफ गर्ने मुटु कुनैपनि पत्रकारसँग छैन । सरकारको आलोचना गर्नेहरु पूर्वाग्रही रहेको उनको बुझाई छ ।
पार्टीका कुृनैपनि निर्णय मान्न उनी बाध्य छैनन् । मानौं उनी दैवीशक्ति प्राप्त अलौकिक व्यक्ति हुन् । आफूलाई देवत्वकरण गरेकाे मात्रै ओलीलाई निको लाग्छ । कसैले पनि आलोचना गर्दा उनलाई लाग्छ यो त मेरो शत्रू नै हो । जनताले दिएको दुईतिहाई मत उनको बपौती ठान्छन् ओली । उनलाई लागेको छ, मेरै कारण यत्रो भोट आएको हो । मानौं , उनी नभएको भए देशै सखाप भैसक्थ्यो ।
तर उनको विगत हेर्दा प्रष्टै देखिन्छ – सत्ता र शक्तिका लागि जस्तो सुकै सम्झौता गर्छन् । कुनैबेला भारतीय व्यूरोक्र्याट्सका पक्का सहयोगीका रुपमा उनी दरिएका हुन् । ०५४ सालमा उनकै अडानले भारतसँगको महाकाली सन्धि पारित भयो । त्यसले तत्कालिन एमाले नै विभाजित भएको थियो । भारतीय पक्षको स्वार्थमा उक्त सन्धि गरिएको आरोप पार्टी भित्रकै विपक्षीहरुले लगाएका थिए । तर ओलीले भने महाकाली सन्धिपछि देशले उत्पादन गर्ने विजुली सेटेलाइटमार्फत विदेश निर्यात गर्ने हावादारी गफ चुटेका थिए ।
महाकाली सन्धि पारित भएको केही वर्षपछि नै देशले १८ घण्टे लोडसेडिङ खेप्नुपरेको थियो । जब विद्युत प्राधिकरणको नेतृत्व सम्हाल्न कुलमान घिसिङ आइपुगे अनि मात्र लोडसेडिङमुक्त नेपाल घोषणा भएको हो । तर तिनै कुलमानलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्न चौतर्फी दबाब पर्दा ओलीले मानेनन् । किनभने उनी आफूवाहेक अरु कोहीपनि प्रशंसायोग्य घोषित नहोस् भन्ने चाहन्छन् ।
ओलीको त्यही उत्कण्ठाले अहिले देश फेरि बन्धक बनेको छ । उनीसँग प्राविधिक रुपमा दुुईतिहाईको समर्थन छ, तर सरकार भने तरबारको धारमा हिंडेर चलाइरहेका छन् । पार्टी भित्र उनको आलोचना हुँदा उनलाई असैह्य हुन्छ । त्यसैले बेला बेला उनी भन्ने गर्छन् – लौ त मलाई हटाउन खोज त, यो प्रधानमन्त्रीकै कुर्सी भाँचिदिन्छुु । ओलीको बहुलठ्ठीपनले गर्दा नेताहरु अलमलमा देखिएका छन् । पार्टी निर्णय , नीति सिद्धान्त र पद्धति मान्दै मान्दिन भन्ने मानिस पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको कुर्सीमा आसिन छन् । उनीसँग राजकीय शक्ति छ । राष्ट्रपति विद्यादेवी भण्डारी अनुकूल छिन् । जसले गर्दा “जो… उसैको ठूलो स्वर” भएको हो ।
ओलीलाई तह लगाउने उपाय नदेखेरै होला नेकपाका शीर्ष नेताहरु बहुमत भएपनि अल्पमतको दास बन्नुपरेको छ । नत्र ओलीले पार्टी नै विभाजन गर्ने सम्भावना बलियो देखिएको छ । ओलीको ग्रहदशा बलियो भएकाले नै होला उनी बहुमतलाई समेत मान्दिन वा टेर्दिन भन्दापनि बलिया छन् । कदाचित ओलीलाई बहुमतको बलमा कारबाही गर्ने हो भने के होला ? एकपटक नेताहरुले राम्रै समीक्षा गरेको हुनुपर्छ । यस्तो अवस्था आउँदा ओलीसँग दुईवटा बलिया बिकल्प देखिन्छन् ।
पहिलो भनेको उनले दल विभाजनको अध्यादेश ल्याएर आफूलाई अनुकुल हुनेगरी पार्टी बनाउने छन् । निर्वाचन आयोगमा आफ्नो प्रभाव जमाएर आधिकारिक पार्टीको दर्जा लिन उनलाई अहिले गाह्रो छैन । किनभने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया उनकै अनुचर हुन् । त्यसले उनलाई पार्टीको चुनाव चिन्ह लिनसमेत सहज हुनेछ ।
दोस्रो काम भनेको उनले मध्यावधि निर्वाचन घोषणा गर्न सक्छन् । अदालतलाई प्रभावित पार्ने क्षमता र कला उनमा प्रचूर मात्रामा छ । त्यसैले उनले गर्ने मध्यावधिमा पार्टीका विरोधीको कुन हालत होला त्यसै अनुमान गर्न सकिन्छ । अर्काे विकल्पमा ओलीले पार्टी विभाजनपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्न सक्छन् । यस्तो प्रस्ताव आउँदा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सहजै स्वीकार्ने अवस्था देखिन्छ । अनि चुनावसम्म कांग्रेससँगै सत्ता साझेदारी गरी फेरि सरकार बनाउने उनको दाउ हुन सक्छ ।
यस्तो अवस्थाको आंकलन प्रचण्डलगायत माधवकुमार नेपालहरुले गरिसकेका छन् । त्यसैले ओलीविरुद्ध कसरी प्रस्तुत हुने भन्नेमा उनीहरु अन्यौलग्रस्त छन् । या त ओलीको दास वा विद्रोहको ज्वालामुखी ओकल्ने भन्नेमा नेताहरु खुल्न सकेका छैनन् । त्यसैको फाइदा ओलीले फेरि पनि उठाउने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
देशभर रहेका गरिब घर परिवार पहिचान गरिने
जेठ १, २०८१ मंगलबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
संघीयता कार्यान्वयन सम्बन्धी थप कानुन बनाइने
जेठ १, २०८१ मंगलबार
कसले बुझ्ला यात्रुका पीडा !
जेठ १, २०८१ मंगलबार
सडक जाम नगरी संसद पुगे राष्ट्रपति पौडेल [ फोटोफिचर ]
जेठ १, २०८१ मंगलबार