भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको सम्मान दिइदै
नेपालबहस संवाददाता
कात्तिक २०, २०७७ बिहिबार १६:२:६
२० कात्तिक, काठमाडौं । नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई आज नेपाली सेनाको मानार्थ महारथीको सम्मान दिइदैछ । जंगीअड्डाको अभिलेखअनुसार भारतीय सेनाध्यक्ष नरवाणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं व्यक्ति हुनेछन् ।
भ्रमणको दोस्रो दिन आज शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवाणेले नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्दैछन् । नेपाली सेनाले उपलब्ध गराएको विवरणअनुसार सन् १९५० देखि एकअर्काको देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने चलन रहीआएको छ ।
पछिल्लो समय नाकाबन्दीका बेला चिसिएको भारतसँगको सम्बन्ध अहिले भारतले मिचेको भूमिसहितको नक्सा जारी गर्दा पनि चिसिएको छ । यस्तो बेलामा नेपाल भ्रमण आएका नरवाणेलाई सम्मान दिन लागिएको हो । नेपालको नयाँ नक्सा जारी गर्दा विवादास्पद अभिव्यक्ति दिएका नरवाणेको भ्रमणको केहीले विरोध समेत गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
बैशाख १४, २०८१ शुक्रबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
सल्यानटारका विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युत्तीय कार
बैशाख १४, २०८१ शुक्रबार
भोलि मतदान हुने इलाम र बझाङमा सबै सवारीसाधन निर्वाध चल्न दिने आयोगको निर्णय
बैशाख १४, २०८१ शुक्रबार