ट्रम्प हार्ने भएपछि अमेरिकामा विरोध प्रदर्शन
नेपालबहस संवाददाता
कात्तिक २०, २०७७ बिहिबार १६:५५:३३
२० कार्तिक, एजेन्सी । चुनाव हार्ने भएपछि अमेरिकामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले विरोध प्रदर्शन गर्न थालेका छन् । मतगणना रोक्न माग गर्दै उनीहरुले विरोध प्रदर्शन गर्न थालेका हुन् । मतगणना ढिलाई भएको, धाँधली भएको र आफ्नो पक्षका भोट गायब पारिएको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकले सडकमा विरोध प्रदर्शन गरेका हुन् ।
यस्तै नयाँ राष्ट्रपति बन्न लागेका जोय बाइडेनका समर्थकले पनि मतगणना ढिलाई भएकोमा विरोध गरेका छन् । साथै उनीहरुले विजयी र्याली निकाल्न शुरु गरेका छन् । बाइडेनको पक्षमा नारा लगाउँदै सडकमा उनीहरुले प्रदर्शन शुरु गर्न लागेका हुन् ।
अझै अलास्का, जर्जिया, नर्थ क्यारोलिना र नेभाडाको नतिजा आउन बाँकी छ । अरु धेरैजसो ठाउँको मतपरिणाम आइसकेको छ । यसबाहेक नेभाडाको मतपरिणाम आए बाइडेनले चुनाव जित्ने निश्चित छ । बाइडेनले २६४ इलेक्ट्रोल भोट ल्याएका छन् भने ट्रम्पले २ सय १४ इलेक्ट्रोल भोट मात्रै ल्याएका छन् ।
अमेरिकामा राष्ट्रपति बन्न ५३८ मध्ये २७० इलेक्ट्रोल भोट ल्याउनुपर्छ । चुनाव हार्ने भएपछि धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले अदालती प्रक्रिया शुरु गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार