यो वर्ष तनहुँमा धान उत्पादनमा बढ्ने अनुमान
नेपालबहस संवाददाता
कात्तिक २०, २०७७ बिहिबार २०:२:५९
२० कार्तिक, दमौली । अनुकूल मौसम र उपयुक्त बीउ प्रयोगका कारण यो वर्ष तनहुँमा धान उत्पादनमा वृद्धि हुने भएको छ । कोभिड–१९ का कारण गाउँ फर्किएर धान खेती गर्ने कृषकको सङ्ख्या बढेसँगै जिल्लामा धान उत्पादन वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
केन्द्रका अनुसार विगतका वर्षभन्दा यो वर्ष धान खेती गर्ने क्षेत्रफलमा पनि वृद्धि भएको छ । गत वर्ष १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा यो वर्ष १२ हजार चार सय हेक्टर क्षेत्रफलमा धान खेती भएको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । “कोभिड र लकडाउनका कारण शहर बजारमा भएका सर्वसाधारण गाउँ फर्किएर कृषिमा लागे, जसकारण धानको खेती गर्ने क्षेत्रफल बढेको छ,” उनले भने, “क्षेत्रफल बढेसँगै यो वर्ष धान उत्पादन पनि बढ्ने अनुमान छ ।”
गत वर्ष जिल्लामा एक लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष ४८ हजार मेट्रिक टन बढी धान उत्पादन हुने अनुमान गरिएको केन्द्र प्रमुख तिवारीले बताए । “यो वर्ष समयमा पानी प¥यो । रोग किराको नियन्त्रण पनि भयो,” उनले भने, “कोरोनाका कारण सबै मान्छे गाउँमा भएपछि समयमै रोपाइँ सकियो ।”
जिल्लाका कृषक यतिबेला असारमा लगाएको धानबाली भित्र्याउन व्यस्त छन् । अधिकांश कृषकले खेतमा धान काटिरहेका छन् भने कतिपयले धान भित्र्याएर गहुँ पनि छरिसकेका छन् । वर्षाले साथ दिएपछि यो वर्ष चाँडै रोपाइँ भएकाले समयमै धान भित्र्याउन सकिएको भानु नगरपालिका–५ का मनिलाल श्रेष्ठले बताए ।
जिल्लाका कृषकले धान भित्र्याउन कृषि उपकरणको प्रयोग गर्न थालेका छन् । “उपकरणले धान भित्र्याउन पनि सजिलो भएको छ । थ्रेसरले खेतमै धान दाई गरिदिन्छ,” कृषक श्रेष्ठले भने, “गाउँ घरमा सहज रुपमा थ्रेसर पाइन्छ ।” व्यास नगरपालिका–७ कलेस्तीकी जौमाया कुमालले यो वर्ष मलको अभाव बेहोर्नुपरेपनि समयमै उत्पादन भएकाले धान भित्र्याउने तयारी भइरहेको जानकारी दिए । “समयमा मल पाइएन, धान फल्दैन की भन्ने चिन्ता थियो,” उनले भने, “दुःख गरेर मलको जोहो गरेका थियौ, उत्पादन राम्रै भयो ।”
जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्र धान खेतीका लागि प्रख्यात मानिन्छन् । जिल्लाका कृषकले सावित्री, मकवानपुरेलगायत उन्नत जातका धान खेती लगाउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
वालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार
सिसै सिसाको प्रतिक्षालय हेर्दा निकै सुन्दर ( फोटो फिचर )
बैशाख १४, २०८१ शुक्रबार
सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै
बैशाख १४, २०८१ शुक्रबार
पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार