मनोज गजुरेलको अझै उस्तै माया लाग्छ : मीना ढकाल
नेपालबहस संवाददाता
कात्तिक २१, २०७७ शनिबार ०:४:४१
२१ कार्तिक, काठमाडौं । कोरोना संक्रमण भएपछि हास्यकलाकार मनोज गजुरेल अस्पताल भर्ना भएका छन् । उनको फोक्सोमा समस्या रहेको बताइएको छ । आईसीयुमा उपचार गराईरहेका मनोजको धेरैले स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
ठीक यही बेला उनकी पूर्वपत्नी मीना ढकालले फेसबुकमा एक भावुक स्टाट्स शेयर गरेकी छिन् । दुई बर्षअघि छुट्टिएका उनीहरुबीच अझै पनि गहिरो प्रेम रहेको मीनाको स्टाट्सबाट देखिन्छ । दुई बर्षअघि मनोजबाट घरेलु हिंसाको शिकार भएको भन्दै मीनाले डिभोर्स मागेकी थिइन् ।
२० बर्ष सँगै बिताएका उनीहरुबाट २ छोराछोरी छन् । अहिले छोरा मनोजसँग र छोरी मीनासँग छन् । दुवै अलग बसिरहेका छन् । तर दुवैको एक अर्कासँग समय मिलाएर कुराकानी पनि गरिरहेका पाइन्छ । तर यसपटक मनोज बिरामी हुँदा मीना धेरै भावुक भएकी छिन् । उनले फेसबुकमा त्यो पीडा सबैमाझ शेयर गरेकी छिन् ।
जुन स्टाट्स पढ्ने अरु पनि भावुक बन्छन् ।
जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ ।
तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।
भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसियु मा उपचारारत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ।
म तिम्रो सुस्वास्थ्यको लागि भगवान संग प्रार्थना गर्दछु । तिम्रो जिवन संग मेरा दुइ सन्तान पनि जोडिएका छन। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन(म यो रियलाईज गरिरहेछु ।
मेरो प्रार्थना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ—मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रति़क्षामा छन।।। तिमी र म विच जस्तासुकै ब्यबहारीक बेमेल भएपनि तिम्रो जिवन मेरोलागि महत्वपुर्ण छ(हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ !
(उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी )
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'कमेडी दरबार' असार १४ बाट प्रसारणमा आउने
बैशाख ३१, २०८१ सोमबार
रियालिटी शो 'द स्पिकिङ्ग टाइटन'को घोषणा, खुल्यो डिजिटल अडिसन
बैशाख २६, २०८१ बुधबार
‘पूजार सार्की’को ट्रेलर सार्वजनिक
बैशाख २५, २०८१ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
वैशाखमामा डढेलो तथा आगलागीमा परी देशभर २६ जनाको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कांग्रेसको माग सम्बोधन हुनेगरी आजको छलफललाई टुंगोमा पुर्याउने प्रयासमा प्रधानमन्त्री
बैशाख ३१, २०८१ सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार