रुकुम–पूर्वमा राडीपाखीको माग बढ्दो, उत्पादन घट्दै
नेपालबहस संवाददाता
कात्तिक २४, २०७७ सोमबार १७:२१:२५
२४ कार्तिक, रुकुमपूर्व । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा चिसो शुरु हुनासाथ अत्यधिक मात्रामा बढ्ने राडीपाखीको कारोबार पछिल्लो समय घट्दै गएको छ । राडीपाखी निर्माण गर्ने क्रम घट्दै गएपछि कारोबार पनि घटेको हो । पछिल्ला केही वर्षयता जिल्लामा भेडाको ऊन, अल्लो, केतुके, केरालगायत रेसाबाट निकालिने धागोबाट तयार पारिने न्यानो कपडाको उत्पादन घट्दै गएको स्थानीयवासीले बताएका छन् ।
स्थानीय कच्चा पदार्थबाट बुनिने राडीपाखी, स्वीटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल, टोपीलगायत वस्तुहरु पहिले जसरी सहजै रूपमा पाउन मुस्किल हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–६ मयाङका वडाध्यक्ष तोपे सेन ठकुरीले बताए । विशेष गरेर राडीपाखी बनाउने चलन घट्दै गएको भन्दै उनले छोटो समय र कम मेहनतमै तयार पार्न सकिने सिरक बनाउनतर्फ मानिसहरु आकर्षित भएको बताउछन ।
एउटा राडी ‘कम्बल’ तयार पार्न १५ देखि २० दिनसम्म लाग्छ, तर सिरक बनाउन थोरै समय लाग्ने भएकाले मानिसले राडीपाखी बनाउन छोड्दै गएको उनको भनाइ छ । राडीपाखी तयार पार्न झन्झटिलो हुने भएकाले पनि त्यसतर्फ पछिल्लो पुस्ताले ध्यान दिएको छैन । बूढापुराना मानिसहरु सकिँदै गएको, नयाँमा सीप हस्तान्तरण हुन नसक्नु र युवा पुस्ताले पनि सीप सिक्नमा ध्यान नदिएकै कारण राडीपाखी निर्माणको पेशा धरापमा पर्दै गएको वडाध्यक्ष सेनको भनाइ छ ।
जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकामा प्रशस्त मात्रामा भेडा पालिन्छ । विगतका वर्षमा जिल्लामा असोज पहिलो सातादेखि फागुन अन्तिम सातासम्म राडीपाखीको कारोवार बढ्ने गरेको थियो । एउटा राडीपाखीको मूल्य रु एक हजार ५०० देखि रु १० हजारसम्म पर्ने गरेको पुथाउत्तरगङ्गा–६ मयाङकी पूर्णचरी मल्लले बताए ।
भेडाको ऊन तथा अल्लोबाट बनेका कपडाको माग बजारमा बढ्दै गएको तर उत्पादन घट्दै गएकाले माग अनुसारको राडीपाखी बजारमा पुर्याउन नसकिएको मल्लले बताए । जिल्लाको तकसेरा, कोल राङ्सी, मयाङ, सिस्ने, हुकाम, मैकोट, जाङ, काँक्रीलगायतका ठाउँका मानिसहरले राडीपाखी तयार गर्ने गर्दछन् । बजारको माग अत्यधिक र उत्पादन न्यून भएपछि मानिसहरु राडीपाखी खोज्दै घरमै पुग्ने गरेको मयाङका अर्का तारा सेनले बताए।
जिल्लामा उत्पादित राडीपाखी न्यानो, बलियो र गुणस्तरीय हुने भएकाले पोखरा, काठमाडौं, नेपालगञ्ज, सुर्खेतलगायत शहरमा यसको माग बढ्दो छ । जिल्लामा आउने पाहुनालाई राडीपाखी उपहार दिने प्रचलनसमेत यहाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
अध्यक्ष चयनमा समस्या आएपछि धितोपत्र बोर्डको जिम्मेवारी शाक्यलाई
बैशाख ४, २०८१ मंगलबार
यस्तो छ लगानी सम्मेलनको दुई दिने कार्यतालिका
बैशाख ३, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार