आइतबार , मंसिर १४, २०७७

बजार प्रतिरोध क्षेत्रमा पुग्दा पनि शेयरबजारमा चलहपहल बढ्नुको यस्तो छ कारण ?

बजार प्रतिरोध क्षेत्रमा पुग्दा पनि शेयरबजारमा चलहपहल बढ्नुको यस्तो छ कारण ?

२४ कार्तिक, काठमाडाैं । साताको दोश्रो कारोवार दिन नेपाल पुनर्बीमा कम्पनीले गर्दा शेयरबजारमा अत्याधिक चहलपहल देखिएको छ । आज नेप्से परिसूचक ४ दशमलव २२ अंकले वृद्धि हुँदै १६५२ दशमलव ८० को विन्दुमा बन्द भएको छ ।


आज १९५ कम्पनीको शेयर कारोवार हुँदा ३ अर्ब ६९ करोडको शेयर कारोवार भएको छ । नेप्से परिसूचक शुन्य दशमलव २६ प्रतिशतले वृद्धि भएको छ । बजार १६४८ दशमलव ७५ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु १६६१ दशमलव ३२ नै रहेको छ। आज बजारले १६४८ दशमलव ७५ को न्यून विन्दु समातेको थियो । नेपाल पुनर्बीमा कम्पनीको आज अत्याधिक कारोवार भएको छ। पुनर्बीमाको मात्र ५५ करोड माथिको शेयर कारोवार भएको छ।

बजार आज १६६१ को विन्दुबाट फर्किएको छ । वाणिज्य बैंक उपसुचकमा गिरावट आउँदा पनि नेपाल पुनर्बीमा कम्पनीको बजार मूल्य ८ दशमलव ३९  प्रतिशतले वृद्धि भएको कारणले गर्दा सम्पूर्ण नेप्से परिसूचकलाई नै टेवा पुगेको थियो । नेपाल पुनर्बीमाले गर्दा बजारलाई टेवा पुगे पनि बजार अहिले प्रतिरोध क्षेत्रमा रहेको छ।  आज पनि उक्त प्रतिरोध क्षेत्रलाई तोड्न बजार असफल भएको छ।

 

आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :

आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :

आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :

(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय