झुट्टा मुद्दामा पक्राउ नेविसंघका नेता रिहा
नेपालबहस संवाददाता
कात्तिक २५, २०७७ मंगलबार १२:४३:४४
२५ कार्तिक, काठमाडौं । प्रहरीद्वारा झुट्टा मुद्दा लगाएर फसाउने योजना स्वरुप पक्राउ गरिएका नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशपछि उनी साेमबार रिहा भएका हुन् ।
त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उप प्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणमा संलग्न भएको अभियोगमा दिपकलाई प्रहरीले पक्राउ गरेको थियो । सो घटना हुँदा उनी कैलालीस्थित घरमा थिए । दशैं मनाउन घर गएका उनलाई घरबाटै पक्राउ गरिएको थियो । घटनामा संलग्नता नदेखिएपछि दिपक ओझालाई जिल्ला अदालतले रिहा गरेको हो ।
कार्तिक १३ मा उनलाई पक्राउ गरिएको थियो । आन्दोलनको क्रममा नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला फोर्ने नेकपा समर्थित उप प्राद्यापक प्रेम चलाउने माथी असोज २० गते किर्तिपुरमा भएको कुटपिटको आरोप नेबिसंघ लाई लगाइएको थियो भने संघले पटकपटक उक्त घटनामा आफ्नो सम्लग्नता नभएको प्रष्ट्याएको छ ।
नेता ओझा असोज १७ गते नै काठमाण्डौ बाट कैलाली गएका थिए । यसैगरी सोही आरोपमा पक्राउ परेका नेबिसंघ नेताहरू रुपेश शाह र रबिन लामा पनि काठमाडौं जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भैसकेका छन् ।
पक्राउ गरि हिरासतमा राखिएका संघका नेताहरुलाइ महानगरीय प्रहरी परिशर काठमाडौंका प्रमुख एसएसपि श्याम ग्यवालीको नेतृत्वमा चरम शारीरिक र मानसिक यातना दिएकोले सो बिरुद्ध यातना क्षेतिपुर्ती सम्बन्धि उजुरी गरिने रिहा भएका नेताहरुले बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेसहाराको आश्रयस्थल बन्दै बालगृह
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
बैशाख ३०, २०८१ आइतबार
चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३५ जनाको उद्धार, तीन हजारको उपचार
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार