आजदेखि खुल्यो बागलुङ बजार
नेपालबहस संवाददाता
कात्तिक २५, २०७७ बुधबार २:१२:८
२५ कार्तिक, बागलुङ । कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ मा गरिएको बन्दाबन्दी आजदेखि हटेको छ । बन्दाबन्दी अन्त्य भएसँगै सेवा, बजार र यातायात पूर्ववत् रुपमा खुलेको छ । सङ्क्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले यही १७ गतेदेखि एक साताका लागि बागलुङ बजारमा बन्दाबन्दी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले तत्काललाई बन्दाबन्दी हटेपनि केही प्रतिबन्धहरु भने कायमै रहेको जनाएको छ । अर्को निर्णय नहुञ्जेलसम्मका लागि शैक्षिक संस्था, तालिम, सम्मेलन, गोष्ठी, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, पुस्तकालयलगायत भीडभाड हुने क्षेत्र बन्द रहने जनाइएको छ ।
होटल, रेष्टुराँमा पनि सामाजिक भोज, भेला आदि गर्न नपाइने भएको हो । छोटो तथा लामो दुरीका सवारीसाधन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्डअनुसार चलाउन प्रशासनले अनुरोध गरेको छ । सबै सेवा, व्यवसाय तथा कार्यहरु सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्न भनिएको छ ।
यस्तै नजिकिँदै गरेका तिहारलगायतका पर्व आफू रहेकै स्थानमा घर परिवारका सदस्यसँग मात्र सिमीत रही मनाउन प्रशासनले आग्रह गरेको छ । देउसीभैलोसहित आतिसबाजी, पटकालगायत विष्फोटक पदार्थको बिक्री र प्रयोगमा पनि रोक लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
वालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशले वैशाख २४ देखि कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने
बैशाख १४, २०८१ शुक्रबार