मंगलबार , मंसिर १६, २०७७

कमजोर तर आशा बोकेको माउण्टेन इनर्जीको आईपीओ खुल्यो

कमजोर तर आशा बोकेको माउण्टेन इनर्जीको आईपीओ खुल्यो

२६ कार्तिक, काठमाडौं । आजबाट माउण्टेन इनर्जी नेपाल लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गरेको छ । सय रुपैयाँ अंकित १९ लाख ६८ हजार २७ कित्ता शेयर बिक्रीका लागि राखिएको छ । बिक्रीमा ल्याइएको शेयर मध्ये २ प्रतिशतले हुन आउने ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशतले हुन आउने ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ । बाँकी १८ लाख ३० हजार २६५ कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा राखिएको छ ।

जारी गरिएको शेयरमा सर्वसाधारणले छिटोमा कात्तिक २६ गतेदेखि मंसिर २ गतेसम्म आवेदन गर्न सक्नेछन भने सो अवधिमा सबै शेयर विक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन गर्न पाइने छ । यसअघि नुवाकोट र म्याग्दी जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि पहिलो चरणमा प्राथमिक शेयर निष्कासन गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा शेयर जारी गरेको हो ।

माउण्टेन इनर्जीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि गत साउन ८ गतेदेखि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले गत असार २५ गते नेपाल धितोपत्र बोर्डबाट हाल कायम जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। आईपीओ निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

माउण्टेन इनर्जी कस्तो कम्पनी हो ?

केयर रेटिङ्ग नेपाल लिमिटेडले माउण्टेन इनर्जी नेपाल लिमिटेडले जारी गर्न लागेको साधारण शेयरलाई औषत भन्दा कम आधारहरु जनाउने ग्रेड ४ प्लस ग्रेडिङ्ग प्रदान गरेको छ । केयर नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले कमजोर आधार जनाउँछ । ग्रेड २, ३, र ४ मा प्रदान गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकरात्मक स्थितिलाई जनाउँदछ । एनपी ग्रेड ४ प्लसपाएको यस कम्पनीको वित्तीय अवस्था औषत भन्दा निकै कमजोर रहेको जनाउँछ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय