बोर्डद्वारा ३८ अर्बको विदेशी लगानी स्वीकृत
नेपालबहस संवाददाता
कात्तिक २६, २०७७ बिहिबार ५:१:४५
२६ कार्तिक, काठमाडौं । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि रु ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि रु ३८ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको हो ।
सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनाका लागि रु १७ अर्ब ६२ करोड ४० लाख बराबरको विदेशी लगानी स्वीकृत गरिएको बोर्डका प्रवक्ता धर्मन्द्रकुमार मिश्रले जनाकारी दिए । उनका अनुसार ५७ मेगाावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि रु १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दूधखोला जलविद्युत् परियोजनाका लागि रु दश अर्ब ४३ करोड ६० लाख लगानी स्वीकृत भएको हो ।
यसैगरी उक्त बैठकमा लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकार निकायसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्नेबारे छलफल भएको थियो । लगानीकर्तालाई एकल विन्दु सेवा केन्द्रद्वारा सहज र शीघ्र सेवा प्रदान गर्न उक्त केन्द्रलाई स्वचालित बनाउने तथा ‘नलेज म्यानेजमेन्ट पोर्टल’ को स्थापना तथा उपयोग गर्ने विषयमा समेत छलफल भएको मिश्रले जानकारी दिए ।
बोर्डका अध्यक्ष प्रधानमन्त्री ओलीले बैठकमा कोभिड–१९ ले नयाँ शिक्षा दिएको बताउँदै परियोजना कार्यान्वयनमा भइरहेको विलम्ब हटाउन नयाँ प्रविधिको आवश्यकता भएको बताए ।
उनले कोरोनाका कारण बोर्डको बैठक नियमित बस्न असहज भए पनि आगामी दिनमा नियमित हुने जानकारी दिए । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डमार्फत प्रवद्र्धन र सहजीकरण भएका परियोजना कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिबारे जानकारी गराएका थिए । भट्ट सिइओ नियुक्ति भएपछि बोर्डको पहिलो बैठक मंगलबार बसेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार
नयाँ आविष्कार- अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने
बैशाख १५, २०८१ शनिबार