रघुगंगाको रायखोरका तीन बस्तीमा बिजुली बल्यो
नेपालबहस संवाददाता
कात्तिक २७, २०७७ बिहिबार १६:३८:४५
२७ कार्तिक, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ का तीनवटा बस्तीमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण, गाउँपालिका र स्थानीयवासीको साझेदारीमा रायखोर, उल्लेरी र मुलपानीका ९१ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गरिएको हो । सडक र यसअघि विद्युत् सुविधा नभएको यी बस्ती भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्छन् ।
रायखोरका बासिन्दासमेत रहनुभएका वडा सदस्य लीलबहादुर पुनले विद्युत् सुविधा भएपछि उज्यालोका लागि टुकी र सोलार बाल्नुपर्ने बाध्यता हटेकामा स्थानीयमा खुशीयाली छाएको जानकारी दिए । उज्यालोका साथै उद्योग व्यवसाय सञ्चालन गर्न, मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको छ ।
विद्युत् सुविधा भएपछि ग्रामीण जीवनशैली सुधारमा सहयोग पुगेको छ । गाउँलेको दैनिकी सहज भएको छ । छरिएको र सडक सुविधा नभएको तीन बस्तीका बासिन्दा बिजुली बलेर गाउँ झिलीमिली भएपछि खुशी भएका छन् ।
यसअघि त्यहाँका बासिन्दा उज्यालोका लागि मट्टीतेलको टुकी र सोलारमा निर्भर थिए । लघुजलविद्युत्को सुविधा थिएन । बिजुली बाल्न स्थानीयवासीले काँधमा बोकेर पोल ढुवानी गरेका थिए । गाउँपालिकाले कात्तिक पहिलो हप्ता बेनीबाट ७५५ किलोग्राम तौल भएका दुईवटा १०० केभिए क्षमताको ट्रान्सफर्मर हेलिकोप्टरबाट रायखोर र मुलपानीमा ढुवानी गरेको थियो ।
सिम्रिक एयरको हेलिकोप्टरमा झुण्ड्याएर दुईवटा ट्रान्सफर्मर ढुवानी गर्दा रु दुई लाख ६१ हजार ७०० खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । नेपाल विद्युत् प्राधिकरणले पाखापानीको कोटगाउँबाट रायखोर उल्लेरी हुँदै मुलपानीसम्म केन्द्रीय प्रसारण लाइनको पोल गाडेर तार तानेको थियो ।
यसअघि कात्तिक दोस्रो हप्ता रघुगङ्गा–६ मै पर्ने घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङका ५० घरमा विद्युतीकरण गरेर बिजुली बालिएको वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । उनका अनुसार सोही वडाको ठाडाखानीमा पनि केन्द्रीय लाइन विस्तारको काम भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
कुकुरभुक्कामा ५५ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार