मंगलबार , मंसिर १६, २०७७

१७०० बिन्दु माथि पुगेको बजारलाई विश्लेषण गरेर हेर्दा

१७०० बिन्दु माथि पुगेको बजारलाई विश्लेषण गरेर हेर्दा

२७ कार्तिक, काठमाडाैं ।  तिहार अघिको अन्तिम कारोवार दिन नेप्से परिसूचकले लगानीकर्तालाई खुशी बनाउँदै बन्द भएको छ।  नेप्से परिसूचक १० दशमलव ८२ अंकले वृद्धि हुँदै १७१८ दशमलव ४९ को विन्दुमा बन्द भएको हाे ।

अघिल्लो कारोवार दिन शेयरबजारले निकै वर्ष पछि १७०० को विन्दु माथि बन्द हुन सफल भएकोमा आज पनि बजारको न्यून विन्दू १७०० माथि नै थियो । यसरी हेर्दा अहिलेको बजारमा १७०० को विन्दु एक प्रकारको मनोवैज्ञानिक टेवाको रुपमा अघि सरेको छ।

विगत ५ कारोवार दिनदेखि नेप्से परिसूचकमा वृद्धि देखिएको छ । ५ कारोवार दिनसम्म लगातार बजार वृद्धि हुनुमा ठूला पुँजीकरण भएका कम्पनी जस्तै नेपाल टेलिकम, नागरिक लगानी कोष, नेपाल लाईफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनीको बजार मूल्य केही आकर्षक वृद्धि भएको थियो ।

जसको फलस्वरूप नेप्से परिसूचकमा वृद्धि देखिन प्रमुख कारण बनेको थियो ।  बजार पुँजीकरणको आधारमा नेप्से परिसूचक गणना हुने भएकोले ठूलो बजार पुँजीकरण भएका कम्पनीहरुको नेप्से परिसूचकमा ठूलो असर पर्ने गर्छ।

लगातार ५ कारोवार दिनदेखि वृद्धि भएकोले तिहार पश्चात खुलेको बजारमा सामान्य करेक्सन आउने सम्भावना पनि छ। बुल मार्केटमा कारोवारीहरुले नाफा बुक गर्दा करेक्सन आउने गर्दछ ।

शेयरबजारलाई निकै धेरै नै ड्राईभ गर्न सक्ने वाणिज्य बैंक उपसुचकमा त्यस्तो ठुलो वृद्धि आउँन अझै सकेको छैन् । यस उपसुचकमा शेयर आपुर्ति धेरै भएकोले बजार मूल्य थोरै वृद्धि हुँदा शेयर सप्लाई आउने ट्रेण्ड रहेको छ । कम बजार मूल्य र आकर्षक लाभांश दिने क्षेत्रको रुपमा परिचय बनाएको वाणिज्य बैंकका शेयरहरु निकै थोरै मूल्य आम्दानी अनुपातमा कारोवार भए पनि मूल्य त्यस्तो धेरै वृद्धि हुन सकेको छैन्।

अहिलेको वर्तमान बजारलाई विस्लेषण गर्दा केही ठूला पुँजीकरण भएका कम्पनीहरुको मूल्य वृद्धिले मात्र बुलिश बजारलाई दिगो राख्न सक्दैन । बजारले ठूलो बुलिस यात्रा तय हुन वाणिज्य बैंक सँगै अन्य उपसुचकमा पनि बुलिस यात्रा तय हुनु पर्छ।

आज १९८ कम्पनीको शेयर कारोवार हुँदा ४ अर्ब ८२ करोडको शेयर कारोवार भएको छ । नेप्से परिसूचक शुन्य दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ । बजार १७१३ दशमलव ७१ को विन्दुमा खुलेकोमा बजारले १७२२ दशमलव ३२को उच्च विन्दु सम्म पुगेको थियो । बजारले १७०२ दशमलव ७० को न्यून विन्दु समातेको थियो ।

आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :

आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :

आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :

(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय