सचिवालय बैठक सुरु हुँदै, नेताहरु गुट भेलामा व्यस्त
नेपालबहस संवाददाता
कात्तिक २८, २०७७ शुक्रबार २०:१:५१
२८ कार्तिक, काठमाडौं । लामो रस्साकस्सीपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बहुचर्चित एवं प्रतिक्षित सचिवालय बैठक आज अपरान्ह ४ बजेका लागि तय भएको छ । बैठक बस्नुअघि नेताहरु कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफलमा व्यस्त छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली पक्षधर नेताहरु अहिले सरकारी निवास बालुवाटारमा भेला भएका छन् । बहुमत सचिवालय सदस्यले एकै मुखले ओलीप्रति आक्रमण गर्ने तयारी रहेकोले कसरी सामना गर्ने भन्ने विषयमा नेताहरु गृहकार्य गरिरहेका छन् । छलफलमा ओलीका साथै ईश्वर पोखरेल र विष्णु पौडेलको सहभागिता छ । साथै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुको समेत उपस्थिति छ ।
यो पक्षले विधिविधान र पद्धतिको कुरा उठ्दा असन्तुष्ट पक्षले गर्ने गरेको गुटगत बैठक नै समस्याको जड भएको तर्क गर्ने बुझिएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षले उठाएको अजेण्डामा आफूहरु सहमत रहेको तर्क उनीहरुको रहने बुझिएको छ ।
खासगरी भदौ २६ मा स्थायी कमिटीले दिएको निर्देशन विपरीत प्रचण्ड आक्रमक ढंगमा गुटबन्दीमा लागेकाले समस्या आइपरेको ठम्याई ओली पक्षको रहेको छ । स्थायी कमिटी बैठकले मूलतः दुबै अध्यक्षलाई कार्यविभाजन गरिदिएपनि प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष भन्दा सरकार सञ्चालनमा बढी रुची देखाएको आरोप उनीहरुको रहेको छ ।
स्थायी कमिटीले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल ओली प्रधानमन्त्री रहने र एकता महाधिवेशन नभएसम्म प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने निर्देशन दिएको थियो । तर प्रचण्डको ध्यान पार्टी सुदृढीकरणमा भन्दा मन्त्री नियुक्ति र राजनीतिक पद प्राप्तिमा अल्झिएकाले समस्या देखापरेको तर्क दरो ढंगले आजको बैठकमा उठाउने तयारी रहेको छ ।
उता, प्रचण्ड–नेपाल पक्षले भने ओलीको निरंकुश शैली र एकलकाटे प्रवृत्ति नै समस्याको जड भएको तर्क गर्दैछन् । प्रचण्ड निवास खुमलटारमा यो पक्षको छलफल जारी छ । छलफलमा नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठलगायत भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेलहरु सहभागी छन् ।
यसपाला भने वार की पारकै अवस्थामा जाने रणनीति प्रचण्ड–नेपाल पक्षको रहेको छ । अनेक वहानाबाजी गर्दै नेताहरुको मान मर्दन गर्न अग्रसर भएका ओलीलाई अब ठेगान नलगाउने हो भने नेकपाको भविष्य नै समाप्त हुने ठम्याई उनीहरुको छ । त्यसका लागि ओलीले जस्तो सुकै धम्की दिएपनि सामना गर्नुपर्ने तर्क उनीहरुको छ ।
ओलीले पार्टी फुटाउने हैसियत नराख्ने बुझाई नेता नेपाल पक्षको छ । यो त केवल धम्क्याउने शैली मात्रै हो । पार्टी फुटाउन लागेभने ओली नै ध्वस्त हुने उनको तर्क रहेको छ । तर प्रचण्ड भने ओलीले साँच्चै पार्टी फुटाएभने नेपाल पक्षको समेत साथ सहयोग नपाउने अवस्था आउनसक्नेतर्फ सजग देखिएको छ । पूर्व एमाले ग्रन्थी सकृय भयो भने नेपाल नै पनि आफूबाट टाढिन सक्ने अनुमान उनको रहेको छ ।
त्यसैले प्रचण्ड सकेसम्म पार्टी फुटाउने अवस्था नआए हुन्थ्यो भन्नेमै छन् । तर ओलीले आफ्नो सदासयताको गलत व्याख्या गरेको उनको बुझाई छ । सचिवालयमा पाँच भाईको एकता अझै मजबुत हुने अवस्था छ । बामदेव गौतम कतै ओलीको बहकाउमा लाग्ने त हैनन् भन्ने त्राश प्रचण्ड र नेपालमा थोरबहुत छ । तर यसपटक आफू सतीसाल जस्तो अटल रहने विश्वास गौतमले दिएका छन् ।
उनी निकट नेताहरुसँग विहान भएको छलफलमा पनि गौतमले अब ओलीलाई तह लगाउने अन्तिम अवसरका रुपमा समय आएको धारणा राखेका थिए । मन्त्री बन्ने लालच देखाइयो भने अस्वीकार गर्ने उनको सोच रहेको छ ।
आजको सचिवालय बैठक ओलीका लागि सहज छैन । तर प्रचण्डकै कारण पनि ओलीलाई कारबाही गर्ने आँट अहिल्यै गर्ने अवस्था छैन । आजबाट सुरु हुने सचिवालय बैठक केही दिन लम्बिन सक्छ । भोलिबाट तिहार बिदा भएकाले बाँकी छलफल त्यसपछि नै हुने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार