बैतडी बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत
नेपालबहस संवाददाता
कात्तिक २८, २०७७ शुक्रबार २०:१८:२८
२८ कार्तिक, बैतडी । बैतडीको खोड्पेमा बस दुर्घटना भएर मृत्यु भएका सबैको सनाखत भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार राति दुर्घटनामा परी मृत्यु भएका ९ जनाको प्रहरीले सनाखत गरेको हो ।
मृत्यु हुनेमा बैतडीका ३ जना, दार्चुला, कञ्चनपुर र कैलालीका दुई दुई जना रहेका छन । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार बैतडीको दोगडाकेदार ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कवीन्द्र जोशी, दार्चुलाको लेकम गाउँपालिका ४ का तर्कराज गिरी र दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझाको दुर्घटनामा परी मृत्यु भएको हो ।
कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की, सोही नगरपालिका(१० का विज्ना धामी र धनगढी उपमहानगरपालिका ४ का नरेन्द्र चौधरी र सोही धनगढीकै वडानम्बर १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मृतकमध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
कोइली खोलाले बगाउँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
भोजपुरबाट विराटनगर तर्फ जाँदै गरेको बस पाख्रीबासमा दुर्घटना
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
केदार भट्टराई (काका)
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादवले दर्ता गराए सर्वोच्चमा रिट, जेठ २ गते पेसी
बैशाख ३१, २०८१ सोमबार
अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध
बैशाख ३१, २०८१ सोमबार
वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती
बैशाख ३१, २०८१ सोमबार