आइतबार , मंसिर १४, २०७७

खेलाडीलाई सहयोग गर्दै जनप्रतिनिधि भट्टराई

खेलाडीलाई सहयोग गर्दै जनप्रतिनिधि भट्टराई
भूपराज बस्याल
२८ कार्तिक, , स्याङ्जा । गल्याङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष महेश भट्टराईले नगरपालिका भित्र रहेका खेलाडीहरुलाई विभिन्न खेलकुदका सामग्री वितरण गरेका छन् । नगरका केही जनप्रतिनिधिहरुले हरेक कामको लागि आफ्नै पार्टीका कार्यकर्ता मात्रै खोज्ने गरेका घटनाहरु बाहिर आइरहेका बेला मजदुरदेखि वृद्धसम्मका अभिभावकको भूमिका निर्वाह गरेर उदाहरणीय जनप्रतिनिधिको रुपमा देखा परेका भट्टराईले वडा नम्बर ६ पिडीखोलाका १२ क्लबलाई नेट र भलिबल वितरण गरेका हुन् ।
आफुले निर्वाचन जितेको क्षेत्रका कार्यकर्तालाई मात्रै सहयोग गर्ने कतिपय जनप्रतिनिधिको परिपाटीलाई लत्याउदै भट्टराईले आफु निर्वाचनमा सहभागी नभएका विभिन्न वडामा गएर सहयोग गरेका हुन् ।
नेपाली काङ्ग्रेसका वडा नम्बर ६ का पाटी सभापति जायश्वार पाण्डे, महिला नेत्री सीता चापागाईं, उधोग बाणिज्य संघ गल्याङका महासचिव कृष्ण भट्टराई , नेपाल विद्यार्थी संघ गल्याङ बहुमुखी क्यापसका सभापति छबिलाल भुसाल वडा नम्बर ६ का तरुण दल सभापति जीवन चापागाईं, तरुण नेता चन्द्र चापागाईं, छिरिङ गुरुङ,  प्रेम गुरुङ  लगायत स्थानीय नेताहरुको उपस्थितिमा भट्टराईले  व्यक्तिगत खर्चमा १२ वटा क्लबलाई भलिबल २३ र नेट १२ वटा वितरण गरेका छन् ।

त्यतिमात्र होइन सबैलाई सहयोग गर्नपर्छ भन्ने भाव रहेका भट्टराई कहिलेकाही सहयोग लिएर आसपासका पालिकाहरुमा पनि पुग्ने गरेका छन् । बिहानैदेखि साँझासम्म जनताको काममा व्यस्त हुने जनप्रतिनिधि भट्टराई जस्तै साच्चिकै जनताको सेवामा खटिने हो भने स्थानीय सरकारले गरेको परिवर्तन जनताले महसुश गर्न सक्ने थिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय