मंगलबार , फागुण २५, २०७७

मिस यूनिभर्स नेपालमा ५०० बढीको आवेदन, उत्कृष्ट ५० को घोषणा

मिस यूनिभर्स नेपालमा ५०० बढीको आवेदन, उत्कृष्ट ५० को घोषणा

२८ कार्तिक, काठमाडौं । नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालका लागि ५०० भन्दा बढी महिलाहरुको आवेदन प्राप्त भएको छ । त्यसबाट छानिएका ९७ क्वालिफायरहरुले आवेदन प्रक्रियामा अपलोड गरिएको बायो, फोटो र भिडियोको आधारमा उत्कृष्ट ५० को छनौट गरिएको छ, जसको घोषणा यही कार्तिक २८ गते AP1 र MUN यु-ट्यूबबाट भएको एउटा विशेष लाइभ कार्यक्रमबाट नग्मा श्रेष्ठ र सुवेक्षा खड्काले गरेका थिए ।

यस मिस यूनिभर्स नेपालका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्ने छन् जुन नेपाली सौन्दर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि हो । नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तनसमेत ल्याउने छ । अविश्वस्नीय यस प्रतियोगिताले आकर्षक धन राशिका साथै विश्वमै समावेशी प्रतियोगिताको मशाल बोक्दै अघि बढ्ने अठोट लिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सामूहिक विविधताको उदाहरणको रुपमा स्थापित यस प्रतियोगितामा लैङ्गिक विविधता मात्र नभई तौल, उचाई तथा अन्य शारीरिक बनोटमा विविधता भएका प्रतियोगीहरुको समेत सहभागिता रहनेछ । केही मानिसहरूका लागि विशेषाधिकारमा मात्र सीमित नभई यो प्रतियोगिताले धैरे व्यक्तिहरुका लागि उल्लेखनीय अवसर प्रदान गर्नेछ । नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेताको छनौट निर्णायक र मतदानको आधारबाट गरिनेछ जानकारी दिइएको छ ।

MUN

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ज्योति लाईफको आईपीओ भर्नुभयो ? आवेदन दिने भोली अन्तिम दिन ज्योति लाईफको आईपीओ भर्नुभयो ? आवेदन दिने भोली अन्तिम दिन ७ घण्टा पहिले
९० करोडको लागतमा आइरन उद्योग स्थापना ९० करोडको लागतमा आइरन उद्योग स्थापना ३ घण्टा पहिले
सोमपालले हिर्काए ३७ बलमै अर्धशतक, महंगा रहे सन्दीप सोमपालले हिर्काए ३७ बलमै अर्धशतक, महंगा रहे सन्दीप २३ घण्टा पहिले
पार्टी एकता गर्दाको समयमा ढंग नपुग्दा समस्या : पोखरेल पार्टी एकता गर्दाको समयमा ढंग नपुग्दा समस्या : पोखरेल १७ घण्टा पहिले
कांग्रेसको “रेक्टोफीटीङ” गर्दै डा. शेखर, फागुन २५ गते दमकमा वृहत् कार्यकर्ता भेला कांग्रेसको “रेक्टोफीटीङ” गर्दै डा. शेखर, फागुन २५ गते दमकमा वृहत् कार्यकर्ता भेला २२ घण्टा पहिले
महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शोभायात्रा महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शोभायात्रा २ घण्टा पहिले
डोटीमा एक वर्षपछि पुगे सहायक प्रजिअ डोटीमा एक वर्षपछि पुगे सहायक प्रजिअ १७ मिनेट पहिले
आज साँझसम्म बङ्गलादेशबाट पहिलो लटको मल नेपाल आइपुग्ने आज साँझसम्म बङ्गलादेशबाट पहिलो लटको मल नेपाल आइपुग्ने २३ घण्टा पहिले