यस बर्ष पनि तिहारमा कृत्रिम फूलको माग बढ्दै
नेपालबहस संवाददाता
कात्तिक २९, २०७७ शनिबार १४:५२:२८
२९ कार्तिक, काठमाडौं । तिहारको चहलपहल शुरु भएसँगै सुदूरपश्चिम प्रदेशका शहरी क्षेत्रमा प्राकृतिक फूलका मालाको तुलनामा कृत्रिम फूल मालाको माग बढ्न थालेको छ । तिहारमा प्रयोग हुने सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलका मालाले बजार पाएको हो । कृत्रिम माला तिहारमा मात्र नभएर अन्य कार्यक्रमका लागि पनि पटक पटक प्रयोग गर्न सकिने भएकोले पनि यसको माग बढेको व्यापारीहरुको भनाइ छ ।
मालाको माग बढेसँगै यतिबेला प्रदेशको अस्थायी राजधानी धनगढी,अत्तरिया लगायतका शहरी क्षेत्रका बजार बनावटी फूलमालाले रङ्गिन बनेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमका बीच तिहारका लागि आवश्यक पर्ने फूल लगायतका समग्री खरिद गर्न यतिबेला बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ ।
भाइ टीकाको दिन दिदी बहिनीले दाजु भाइलाई मखमली र सयपत्री फूलको माला लगाउने परम्परा नेपाली समाजमा छ । मखमली र सयपत्री फूलको माला कृत्रिम भन्दा महङ्गो पर्ने भएपछि बनावटी माला लगाउनु पर्ने अवस्था देखिएको स्थानीय महेश्वरी जोशीले बताए ।
“बजारमा सहज रुपमा र सहुलियत मूल्यमा सयपत्री र मखमलीका माला पाउँदैन ,कतै पाइएछ भने निकै महङ्गो हुने गरेको छ”, उनले भने । कृत्रिम मालाको माग बढेसँगै यसको बिक्री पनि बढेको स्थानीय व्यापारीको भनाइ छ ।
कैलाली, कञ्चनपुर, बैतडी लगायतका जिल्लाका सीमा नाकावाट तिहारको समयमा भारतबाट ठूलो परिमाणमा कृत्रिम माला भित्रिने गरेको छ । यस वर्ष भने कोरोनाको जोखिमका कारण कृत्रिम माला आयातमा भने विगत वर्षको तुलनामा केही कमी आएको छ ।
कागज,कपडा र प्लाष्टिकबाट बनेका कृत्रिम माला धेरै समय सम्म टिक्ने, झट्ट हेर्दा आर्कषक पनि देखिने भएकाले पनि यस्ता मालाको प्रयोग बढेको व्यापारीको भनाइ छ ।
यस वर्ष अधिकांशका घरमा कात्तिक पहिलो हप्तामा नै सयपत्री फूल फुलेका थिए । तर ढिलो गरी तिहारको साइत आउँदा अधिकांशका घरमा फुलेका फूल बोटमै सुकेर प्रयोग गर्न नमिल्ने भएपछि पनि बनावटी फूल प्रयोग गर्नु पर्ने अवस्था आएको हो । स्थानीय पार्वती पाण्डेयले भने, “घरमा रोपिएको सयपत्री सुकेर काम नलाग्ने भएपछि बनावटी फूलको खोजी गरेकी छु ।”
यस क्षेत्रमा पछिल्ला वर्षमा छिटपुट रुपमा कतिपयले प्राकृतिक फूलको व्यवासायिक खेती गर्ने गरेको भएपनि माग अनुसारका फूलको उत्पादन र बजारीकरण हुन सकिरहेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीमा तीन लाख ४० हजार पशु चौपायालाई खोप
बैशाख १९, २०८१ बुधबार
बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने
बैशाख १८, २०८१ मंगलबार
आयवृद्धिमा सघाउन एकल महिलालाई बाख्रा वितरण
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार