सोमबार , मंसिर १५, २०७७

हिमपातले हुम्ला सेताम्मे, स्थानीय बासिन्दा खुशी

हिमपातले हुम्ला सेताम्मे, स्थानीय बासिन्दा खुशी

२ मंसिर, सिमकोट । हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो ।

जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताए । बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ ।

मानिसहरु हिउँमा रमाउन थालेका छन् । आइतबार बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् ।

सोमबार बिहानै हिमपात भएपछि किसानमा खुशीयाली छाएको स्थानीय कमल भण्डारीले बताए। लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने भण्डारीले बताए।

आज बिहानदेखि हुम्लाको मौसम सफा रहेको भए पनि हिमालहरु हिउँले सेताम्मे हुनुका साथै चिसो बढेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नयाँ कार्यसमिति चयनका लागि महासंघको चुनाव शुरु, संक्रमित मतदाताको लागि छुट्टै बुथको व्यवस्था नयाँ कार्यसमिति चयनका लागि महासंघको चुनाव शुरु, संक्रमित मतदाताको लागि छुट्टै बुथको व्यवस्था २ दिन पहिले
हेलम्बुबासी र मेलम्ची आयोजना प्रभावितका लागि सरकारले चासो राखोस् : अध्यक्ष शेर्पा हेलम्बुबासी र मेलम्ची आयोजना प्रभावितका लागि सरकारले चासो राखोस् : अध्यक्ष शेर्पा ९ घण्टा पहिले
माटोको ढिस्कोले पुर्दा एक महिलाको मृत्यु माटोको ढिस्कोले पुर्दा एक महिलाको मृत्यु ४ हप्ता पहिले
बेपत्ता दुई जनाको शव फेला, एकको खोजी चल्दै बेपत्ता दुई जनाको शव फेला, एकको खोजी चल्दै ४ दिन पहिले
इजरायलमा पनि कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सुरु इजरायलमा पनि कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सुरु ४ हप्ता पहिले
फाल्गुनन्दका शान्ति, धर्म र अहिंसाको पदचिन्ह आम नेपालीका निम्ति प्रेरणा फाल्गुनन्दका शान्ति, धर्म र अहिंसाको पदचिन्ह आम नेपालीका निम्ति प्रेरणा ३ हप्ता पहिले
छोटी भन्सार : आठ महिनामा ४० हजार राजश्व सङ्कलन छोटी भन्सार : आठ महिनामा ४० हजार राजश्व सङ्कलन ४ दिन पहिले
बैतडी बस दुर्घटना : ज्यान गुमाउने गाउँपालिका कर्मचारी पनि, ४ जनाको सनाखत बैतडी बस दुर्घटना : ज्यान गुमाउने गाउँपालिका कर्मचारी पनि, ४ जनाको सनाखत २ हप्ता पहिले