मंगलबार , मंसिर ९, २०७७

सन्दीपले हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने

सन्दीपले हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने

४ मंसिर, एजेन्सी । नेपाली सुपरस्टार सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग बीबीएल खेल्ने पक्का भएको छ । आईपीएल खेल्न नपाएर निराश बनेका सन्दीपले होबर्ट हुरिकेन्सबाट बिबिएल खेल्ने पक्का भएको हो ।

होबर्टले बिहीबार विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ । सम्झौता रकम भने खुलाईएको छैन । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए ।

सन्दीपले यस अघि बीबीएलमा २० खेलमा २६ विकेट लिन सफल भएका छन् । गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनमा मेलबर्न फाइनल पुगेको थियो ।

ुबीबीएल १० को लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको छु । होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताए ।

नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय