आइतबार , मंसिर १४, २०७७

ट्यांकरभित्रै प्वाल पारेर पेट्रोल चोरी

ट्यांकरभित्रै प्वाल पारेर पेट्रोल चोरी

५ मंसिर, काठमाडौं । ट्यांकर भित्रै स्थायी फल्स च्याम्बर अर्थात प्वाल बनाएर पेट्रोल चोरी हुने गरेको खुलासा भएको छ । भारतको बरौनीबाट काठमाडौंको थानकोट डिपोमा पेट्रोल ढुवानी गर्ने दुईवटा ट्यांकरले यसरी पेट्रोल चोरी गर्ने गरेको खुलासा भएको हो ।

वीर बेताल आशिर्वाद कम्पनीको ना ७ ख ३९९६ र ना ७ ख २९९५ नम्बरका दुईवटा ट्यांकरमा मापदण्ड विपरीत थप अर्को च्याम्बर बनाएर चोरी गर्ने गरेको भेटिएको हो ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलका अनुसार स्थायी रुपमै वेल्डिङ गरी ट्यांकरमा नयाँ च्याम्बर बनाएर चोरी गरेको भेटिएको हो । प्रारम्भिक अध्ययनमा एउटा ट्यांकरले एक पटकमा झण्डै एक लाख रुपैयाँ बराबरको एक हजार लिटर पेट्रोल चोरी गर्ने गरेको देखिएको उनको भनाइ छ । प्राविधिक बाहेकले पत्ता लगाउन नसक्ने गरी जडान भएको फल्स च्याम्बर मालिकको मिलोमतो बिना चालक मात्रैले गर्न नसक्ने निगमको अनुमान छ ।

पेट्रोल चोरी गर्ने सो ट्यांकरका मालिकहरु प्रज्ज्वलराज भट्ट, दीपेन्द्र बहादुर बम र सदेन व्यञ्जनकार रहेको पनि निगमको भनाई छ । पेट्रोल चोरीमा संलग्न ट्यांकरलाई निगमले १५ लाख रूपैयाँ हर्जना तिराउने प्रारम्भिक निर्णय भएको भएको छ । थप कारबाहीको लागि गुणस्तर तथा नापतौल विभागलाई पत्राचार गरिएको पनि निगमले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

गुमनाम रहेको चिया प्रवद्र्धनमा स्थानीय तह सक्रिय गुमनाम रहेको चिया प्रवद्र्धनमा स्थानीय तह सक्रिय २४ घण्टा पहिले
नेपालमा थप १६६९ जनालाई संक्रमण पुष्टि, काठमाडौंमा मात्रै ९५७ संक्रमित नेपालमा थप १६६९ जनालाई संक्रमण पुष्टि, काठमाडौंमा मात्रै ९५७ संक्रमित ७ दिन पहिले
भारतमा तुफानका कारण पाँच जनाको मृत्यु, सयभन्दा बढी घरमा क्षति भारतमा तुफानका कारण पाँच जनाको मृत्यु, सयभन्दा बढी घरमा क्षति २ दिन पहिले
किसानलाई वितरण गर्न ल्याइएको नर्सरी सम्बन्धी सामग्री तथा बीउ किसानलाई वितरण गर्न ल्याइएको नर्सरी सम्बन्धी सामग्री तथा बीउ ६ दिन पहिले
चक्रपथ दोस्रो खण्ड विस्तारः संरचना हटाउने काम ९७ प्रतिशत सकियाे चक्रपथ दोस्रो खण्ड विस्तारः संरचना हटाउने काम ९७ प्रतिशत सकियाे ६ दिन पहिले
तल्लो तहका प्रहरी : दैनिक १२ देखि १८ घण्टासम्म कार्य क्षेत्रमा तल्लो तहका प्रहरी : दैनिक १२ देखि १८ घण्टासम्म कार्य क्षेत्रमा ७ दिन पहिले
महासंघका अधिकांश पुर्व अध्यक्षहरुको मतदातालाई आग्रह : यसपाली वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान ( भिडियोसहित ) महासंघका अधिकांश पुर्व अध्यक्षहरुको मतदातालाई आग्रह : यसपाली वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान ( भिडियोसहित ) ५ दिन पहिले
के तपाईलाई थाहा छ ! महाभारतको युद्धमा मारिएका योद्धाहरूको शव कहाँ गयो ? के तपाईलाई थाहा छ ! महाभारतको युद्धमा मारिएका योद्धाहरूको शव कहाँ गयो ? ४ दिन पहिले