शनिबार , मंसिर १३, २०७७

उपत्यकामा थपिए १ हजार १०७ जना संक्रमित

उपत्यकामा थपिए १ हजार १०७ जना संक्रमित

५ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार १०७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८४ जना महिला र ६२३ जना पुरुष गरी कुल १ हजार १०७ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौं उपत्यकामा तीन जिल्लामध्ये काठमाडौंमा ८६२ जना, ललितपुरमा १७४ जना र भक्तपुरमा ७१ जनामा संक्रमण देखिएको छ ।

उपत्यकामा आज देखिएको संक्रमण देशभर देखिएको कुल संक्रमित संख्याको ५७ प्रतिशत हो । आज देशभर १० हजार ३४० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९४५ जनामा कोरोना पोजेटिभ भएको पाइएको थियो ।

यहि अवधीमा ५ हजार ३६४ जना कोरोनाबाट निको भएको र थप २२ जनाले कोरोनाबाट ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय