मंगलबार , मंसिर ९, २०७७

गुराँस लाइफको १० औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित बोनस सर्वसम्मत पारित

गुराँस लाइफको १० औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित बोनस सर्वसम्मत पारित

५ मंसिर, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष विवेक दुगडको सभापतित्वमा आज बिहान १०ः३० बजे शुरु भई १२ः३० मा सम्पन्न भएको जानकारी दिइएको छ ।

उक्त साधारण सभाले लेखापरिक्षको प्रतिवेदन सहित २०७५ साल आषाढ मसान्त सम्मको वासलात नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र त्यस सम्बन्धि अनुसूचीहरु सर्वसम्मतिबाट पारित गरेको छ । विशेष प्रस्ताव अन्तर्गत आ.व. ०७४/०७५ को मुनाफाबाट जारि पुँजी रु. १ अर्ब ८७ करोड ७० लाख ४० हजारको ५.२५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरणको प्रस्तावसमेत सर्वसम्मतिबाट पारित भएको छ ।

१० औं वार्षिक साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालको लागि संस्थापक शेयरधनीहरुको तर्फबाट विवेक दुगड़, सौरभ दुगड़, अपछ कुमार यादव (प्रतिनिधि–सनराइज बैंक लिमिटेड), शम्भुप्रसाद सुवेदी, विनय कुमार तोदी तथा सर्वसाधारण शेयरधनीको तर्फबाट विशाल तातेड़ निर्विरोध निर्वाचित भएका छन् ।

नव निर्वाचित संचालक समितिको आजै बसेको १६२ औं बैठकले विवेक दुगड़लाई सर्वसम्मतिबाट संचालक समितिको अध्यक्ष चयन गरेको कम्पनी सचिव बालमुकुन्द रुपाखेतीले जानकारी दिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौं आइपुगे बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौं आइपुगे ४ घण्टा पहिले
साल्ट ट्रेडिङको प्रतिफल ढिला आयो तर कडा आयो, आ. व. २०७६/७७ को कति ? साल्ट ट्रेडिङको प्रतिफल ढिला आयो तर कडा आयो, आ. व. २०७६/७७ को कति ? ५ घण्टा पहिले
वडासम्म इन्टरनेटको सहज पहुँच पु¥याउने काम प्राथमिकताका साथ : सञ्चारमन्त्री वडासम्म इन्टरनेटको सहज पहुँच पु¥याउने काम प्राथमिकताका साथ : सञ्चारमन्त्री ९ घण्टा पहिले
गणेशलाई किन तुलसी चढाउनु हुँदैन, शास्त्रमा के भनिएको छ ? गणेशलाई किन तुलसी चढाउनु हुँदैन, शास्त्रमा के भनिएको छ ? ४ घण्टा पहिले
नीति अनुसन्धान प्रतिष्ठानमा ८ जनाको जागिर खुल्यो नीति अनुसन्धान प्रतिष्ठानमा ८ जनाको जागिर खुल्यो १४ घण्टा पहिले
पूर्वमन्त्री बाँस्कोटा भन्छन्, भाषणमा सुशासन भन्नेले व्यवहारमा देखाऔँ पूर्वमन्त्री बाँस्कोटा भन्छन्, भाषणमा सुशासन भन्नेले व्यवहारमा देखाऔँ ८ घण्टा पहिले
सिटी एक्सप्रेस पपुलारिटी अवार्डबाट सम्मनित सिटी एक्सप्रेस पपुलारिटी अवार्डबाट सम्मनित ८ घण्टा पहिले
कर नतिर्ने व्यवसायीलाई जरिवाना, थप दस्तुर र ब्याज नपर्ने कर नतिर्ने व्यवसायीलाई जरिवाना, थप दस्तुर र ब्याज नपर्ने ९ घण्टा पहिले