सोमबार , मंसिर १५, २०७७

चिनियाँ रक्षामन्त्री नेपाल किन आउँदैछन् ?

चिनियाँ रक्षामन्त्री नेपाल किन आउँदैछन् ?

५ मंसिर, काठमाडौं । चीनका रक्षामन्त्री वेइ फङ्गह नेपाल भ्रमणमा आउने भएका छन् । सत्तारुढ नेकपाको आन्तरिक किचलो बढेका बेला चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउन लागेका हुन् ।

प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीका बीच केही दिनअघि भएको भेटमा चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका विषयमा कुराकानी भएको बताइएको छ । भ्रमण नोभेम्बर २९–३० मा गर्नेगरी तयारी अगाडि बढाइए पनि प्रस्तावित मिति केही सर्नसक्ने भनिएको छ ।

चिनियाँ रक्षामन्त्री नेपाल आएर दक्षिण एसियाली मुलुकको भ्रमणमा जाने छन् । परराष्ट्र मन्त्रालयले भने यस विषयमा केही बताएको छैन । चिनियाँ रक्षामन्त्रीको भ्रमण नेकपाको आन्तरिक विवाद मिलाउन चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देशमा केन्द्रित हुनेछ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय