शनिबार , मंसिर १३, २०७७

अत्यावश्यकबाहेक पोखरा महानगरको सेवा एक साता स्थगित

अत्यावश्यकबाहेक पोखरा महानगरको सेवा एक साता स्थगित

५ मंसिर,कास्की । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्र्ने अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरिएको छ । महानगरपालिकाले आज सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएकाले अत्यावश्यकबाहेकका सेवा यही मङ्सिर १२ गतेसम्म स्थगन गरिएको जनाएको छ ।

महानगरका एक तिहाइ कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्ने भएकाले जरुरी र अत्यावश्यक काम नपरी महानगर तथा वडा कार्यालयमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको छ । महानगरका प्रवक्ता धनबहादुर नेपालीले उपप्रमुख मञ्जुदेवी गुरुङसहित प्रमुखको सचिवालय, प्रशासन, लेखालगायत शाखा कार्यालयका गरी २७-२८ कर्मचारी कोभिड–१९ संक्रमित भएकाले सेवा प्रभावित भएको र एक साता सेवा बन्द गरिएको बताए ।

उनले भने, “उपप्रमुख आफै संक्रमित हुनुहुन्छ, प्रमुखको सचिवालयलगायत अन्य महत्वपूर्ण शाखाका कर्मचारीमा कोरोना पुष्टि भएकाले मंसिर १२ सम्मलाई जरुरी काम नपरी सेवाग्राहीलाई कार्यालय नआउनुहोस् भनेर सूचना जारी गरेका छौँ ।” महानगरको बिहीबार बसेको कार्यपालिका बैठकले शुक्रबार सार्वजनिक बिदा दिने र एक साता जरुरीबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

यसैगरी महानगरपालिकाको पशु सेवा शाखाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । कर्मचारीमा कोरोना संक्रमण र अन्य कन्ट्याक ट्रेसिङका परेका कारण सेवा बन्द गरिएको शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ज्यानमारा भाइरसले सुत्केरी महिलाको मृत्यु ज्यानमारा भाइरसले सुत्केरी महिलाको मृत्यु १६ घण्टा पहिले
पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय १४ घण्टा पहिले
भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माण, प्राधिकरणले हासिल गरेका यस्ता उपलब्धि भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माण, प्राधिकरणले हासिल गरेका यस्ता उपलब्धि १२ घण्टा पहिले
हुम्लाका गाउँगाउँमा पहिलोपटक सुरक्षा गस्ती परिचालन हुम्लाका गाउँगाउँमा पहिलोपटक सुरक्षा गस्ती परिचालन १८ घण्टा पहिले
न्याय परिषद सदस्यमा श्रेष्ठको नाम सर्वसम्मतिले स्वीकृत न्याय परिषद सदस्यमा श्रेष्ठको नाम सर्वसम्मतिले स्वीकृत १२ घण्टा पहिले
डीएसपी एकाएक सम्पर्कविहीन, प्रहरीमा मच्चियो हलचल डीएसपी एकाएक सम्पर्कविहीन, प्रहरीमा मच्चियो हलचल ११ घण्टा पहिले
भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा १४ घण्टा पहिले
भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा भारतीय विदेश सचिव खुशी भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा भारतीय विदेश सचिव खुशी १२ घण्टा पहिले