नेकपा विभाजनको खाका तयार गर्दै ओली
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ आइतबार १९:३७:१६
७ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र चर्किएको अन्तर्विरोधलाई साम्य पार्न भएका कतिपय प्रयत्न प्रभावकारी देखिएपनि अन्ततः विभाजनको रुपरेखा भने तयार भइसकेको छ । मात्र पार्टी फुटको अपजश आफ्नो काँधमा नपरोस् भन्ने चिन्ता सबै गुट र तहका नेतामा देखिन्छ ।
यसको छनक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले गएको मंसिर ३ गतेको सचिवालय बैठकमा स्पष्टसँग दिइसकेका छन् । बैठकमा उनले कसैको दबाव वा प्रभावमा परी सहभागी भएको जस्तो नदेखाएपनि प्रचण्डलाई मुखभरिको जवाफ दिनकै लागि तयार रहेको बताएका थिए । उनले बैठकलाई संवोधन गर्दै आफ्नो राजनीतिक जीवन नै ध्वस्त पार्ने नियतले ल्याइएको आरोपपत्रलाई अस्वीकार गर्छु भन्दै अब १० पछि त्यसको शब्द शब्दको जवाफ दिने बताएका थिए । त्यसैले अब पार्टीमा या त ओली या प्रचण्ड रहने पनि उनले खुलेरै बताएका थिए ।
ओलीको यो अभिव्यक्तिसँग निकट नेताहरु प्रचण्डलाई ब्याक हुन दबाब दिइरहेका छन् । पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुुभाषचन्द्र नेम्बाङले यस्तो प्रयास गरेका छन् । साथै, ओली पक्षका अरु नेताहरुले समेत पार्टी एकता जोगाउन प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता लिनुपर्ने सर्त राखेका छन् । जुन त्यसै सम्भव छैन । बिना आधार प्रस्ताव फिर्ता लिने भन्ने कुरा आफैंमा हास्याँस्पद हो । यसको अर्थ के हो भने ओली पक्ष प्रचण्डलाई पार्टीबाट लघार्न चाहन्छ, तर त्यसको दोष चाहिं लिन चाहँदैन ।
उता, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि अब ओलीको दासता स्वीकारेर एकैथलोमा बस्न चाहँदैनन् । तर पार्टी फुटाएको दोष आफ्नो थाप्लोमा नआओस् भन्ने उनको चाहना छ । यद्यपि ओलीले चाहँदैमा उनलाई पार्टीबाट बेदखल गर्न त्यति सहज छैन । किनभने सचिवालयमा उनले प्रस्तुत गरेको दस्ताबेज बहुमत नेताको सहमति र सल्लाहमा पेश भएको छ ।
ओलीले सबै आरोप खारेज गर्छु भनेर प्रचण्डलाई नै बेदखल गरिदिन्छु भन्नु मूर्खता रहेको बुुझाई माधवकुमार नेपाल र झलनाथ खनाल लगायत नेताको रहेको छ । नेता खनालले त एक प्रसंगमा भनिसकेका छन्– ओलीजीले आरोपपत्र भनेपनि त्यो विधिवत रुपमा सचिवालयमा हाम्रो सहमतिमा पेश भएको राजनीतिक प्रतिवेदन हो, त्यसको सामना ओलीले गर्नैपर्छ, मात्र त्यसको स्वरुप कस्तो हुन्छ त्यसको प्रतिक्षा मात्र गरेका छौं ।
ओलीको यो चाला प्रचण्डले पनि राम्रैसँग बुझेका छन् । एकातिर संयुक्त प्रतिबेदनको कुरा गर्न मान्छे पठाउने अर्कातिर जिल्ला जिल्लामा जनताको बहुदलीय जनवादको पक्षपोषण गर्ने दोहरो चरित्र सकुनी चाला हो – खुमलटार निकट स्रोत भन्छ । तल पर्दा म्याउ म्याउ , माथि पर्दा ख्याउँ ख्याउँ रणनीति नबुझ्ने कुरा भएन ।
खनालको यो अभिव्यक्तिले प्रष्ट पारेको छ– अब ओलीले त्यसै उम्कने अवस्था छैन । प्रतिवेदनको जवाफ दिनैपर्छ, त्यो पनि राजनीतिक तहमा । पाँडे गाली गरेर उम्कनु खोजे भने मान्य हुनेवाला छैन । पार्टी फुटाउने कुरा केवल ओलीले मात्रै गर्ने गरेको स्मरण गर्दै खनालले भनेका छन्– नेकपालाई फटाउछु भन्ने शक्ति अहिले ओली मात्रै हुन् , अरु सबैले एकताकै पक्षमा बल पु¥याएका छन् ।
यस्तै माधव नेपालले समेत ओली नै पार्टी विभाजनको पक्षमा रहेको हिजो एउटा अनलाइनमा बताएका छन् । ओलीजीमा रहेको अहंकार र निरंकुश सोचको उपजका रुपमा अहिलेको विवाद खडा भएको उनले आरोप लगाएका छन् । साथै, मुखले एउटा बोल्ने तर व्यवहार भने उल्टो गर्ने प्रवृत्ति उनमा रहेकाे पनि नेपालले बताए ।
हिजै मात्र चितवनमा पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि ओली पक्षले गरेको दुब्यर्वहारले उनी एकताका विरोधी नै भएको पुष्टी गरेको आरोप नेता नेपालको रहेको छ । अरुलाई विभाजनकारी देख्ने ओली पक्षले आफ्नातर्फबाट भए गरेका काम र शैलीको समीक्षा गर्न उनले चुनौतीसमेत दिए । यही ढंगले चल्ने हो भने ओलीजीले त्यसलाई संस्थागत गर्न सक्नुपर्छ , नत्र अब मैमत्त भएर चल्न भने पाइनेवाला छैन – नेता नेपालले भनेका छन् ।
ओलीले भने अहिले दोहरो चाल चलिरहेको देखिन्छ । एकातिर प्रचण्डको आरोपको जवाफ दिन तयार भएको भन्ने अर्कातिर चाहिं निकट नेताहरुलाई प्रतिबेदन फिर्ता लिन दबाब सिर्जना गर्ने । प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गर्न तयार नभएका ओलीले विभिन्न शक्ति केन्द्रको दबाबमा मानेको भएपनि सकेसम्म फिर्ता गराएर संयुक्त प्रस्ताव तयार गर्ने र युद्धविराम गर्ने उनको चाहना छ । त्यसैले उनी एकातिर प्रतिबेदन लेखनको काममा व्यस्त छन् भने अर्कातिर दूतहरु पठाएर फकाउने कामसमेत गरिरहेका छन् ।
उनलाई थाहा छ, प्रचण्डविरुद्ध जवाफी पत्र तयार गर्नुभनको पार्टी विधिवत रुपमै फुटको दिशामा जानु हो । त्यसैले पार्टी विभाजनको दोष आफूले लिन नपरोस् भन्ने उनको चाहना देखिन्छ । ओलीको यो चाला प्रचण्डले पनि राम्रैसँग बुझेका छन् । एकातिर संयुक्त प्रतिबेदनको कुरा गर्न मान्छे पठाउने अर्कातिर जिल्ला जिल्लामा जनताको बहुदलीय जनवादको पक्षपोषण गर्ने दोहरो चरित्र सकुनी चाला हो – खुमलटार निकट स्रोत भन्छ । तल पर्दा म्याउ म्याउ , माथि पर्दा ख्याउँ ख्याउँ रणनीति नबुझ्ने कुरा भएन ।
ओलीले सबैलाई उपयोग गर्ने नीति अख्तियार गरेकोले अब त्यो नचल्ने सबैको ठम्याई छ । सचिवालयलगायत पार्टी कमिटीहरुमा अल्पमतमा परेका ओलीले अब संसदीय दलमा बहुमत सिद्ध गर्ने अभियानसमेत सँगसँगै थालेका छन् । किनभने उनी आफू अल्पमतमा परेको स्वीकार्न तयार छैनन् । त्यसको परीक्षणका रुपमा अब संसदीय दलमा वहुमत सिद्ध गर्न खोजेका छन् ।
ओलीले जतिसुकै फूर्ति गरेपनि संसदीय दलमा उनी अल्पमतमै छन् । कुल १ सय ७४ सांसद् रहेको नेकपमा बहुमतका लागि ८८ मत आवश्यक पर्छ । ओली पक्षले आफ्नो मात्रै ७८ जना सांसद् रहेको दाबी गर्ने गरेको छ । मात्र १० जनाको समर्थन जुटाउन सके संसदीय दलमा बहुमत पुग्ने र सुरक्षित रहने उनको बुझाई छ । त्यति गर्न नसक्दा मात्रै अन्य विकल्पमा जान उनलाई बाटो खुल्ने अवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत ओलीलाई यही सल्लाह दिएकी छन् ।
नत्र गएको साता नै ओली संसद् विघटन गरी फ्रेस म्याण्डेड लिन नयाँ निर्वाचन घोषणाको पक्षमा रहेको हल्ला व्यापक भएको हो । ओली र असन्तुष्ट नेताहरुका आफ्नै रणनीति होलान्, तर सबै अल्पकालिन मात्र हुन् । किनभने यतिको विवाद भइसकेको कम्युनिष्ट पार्टी सग्लो रहने कल्पना नै नगरे हुन्छ ।
ओलीले आफूमाथि लागेको आरोप सहेर एकैथलोमा नबस्ने उद्घोष गरिसकेका छन् भने प्रचण्ड–नेपाल समूह पनि अब ओलीको ज्यादती सहेर नबस्ने मनस्थितिमा पुगेको छ । त्यसैले ढिलो चाँडो नेकपा विभाजन भइ छाड्छ । मात्र बिरालोको घाँटीमा घण्टी कस्ले बाँध्ने भन्ने मात्रै समस्या हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
आगलागी नियन्त्रणमा पूर्वतयारी
बैशाख ३१, २०८१ सोमबार