ट्रेन्डिङमा परेका चलचित्रमा कुन राम्रो ?
नेपालबहस संवाददाता
मंसिर ७, २०७७ आइतबार २१:४६:३०
७ मंसिर, काठमाडौं । नेपाली चार वटा चलचित्र एकसाथ युटयुबको ट्रेन्डिङमा परेका छन् । पहिल्यै रिलिज भएका चलचित्र अहिले युट्युबमा पनि सार्वजनिक भएका हुन् । जसमध्ये दुई साता अघि रिलिज भएको ‘ए मेरो हजुर ३’ ले नेपालको यूट्यूब ट्रेन्डिङ १ को स्थान ओगटेको छ ।
अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका रहेको चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । हलमा व्यवसायिकरुपमा सफल भएको ए मेरो हजुर ३ लाई युट्युवमा झण्डै एक करोडले हेरिसकेका छन् भने दर्शकले रुचाएका छन् ।
त्यस्तै एकसाता अघि युट्यवमार्फत रिलिज भएको ‘साईली’ ट्रेन्डिङको दोस्रो नम्बरमा रहेको छ । एकसातामा यो चलचित्रलाई करिव ३५ लाखले हेरिसकेका छन् । रामबावु गुरुङको निर्देशनमा बनेको साइलामा दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
व्यवसायिक र समिक्षागत रुपमा सफल चलचित्र ‘ प्रसाद’ पनि यतिबेला युट्यवमा रिलिज भइसकेको छ । रिलिज भएको २४ धन्टा नबित्दै सात लाख बढिले यो फिल्मलाई हेरिसकेका छन् ।
हाल ट्रेन्डिङ ५ रहेको प्रसादमा निश्चल बस्नेत, नम्रता श्रेष्ठ, बिपिन कार्कीको मुख्य भुमिका रहेको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् भने सुशिल पौडेलले लेखेका हुन् । त्यस्तै एकसाता अघि रिलिज भएको कुम्भ करण युट्युवको ट्रेन्डिङ ६ मा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, वायुप्रदूषण तह बढेर शिर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
बुलबुलेमा मोटरबोट
बैशाख १४, २०८१ शुक्रबार
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार