विद्यापति स्मृती पर्व : तीन दिवसीय कार्यक्रम गरी मनाइने
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ बुधबार ०:२३:४८
धीरुभाइ
९ मंसिर, सप्तरी । मैथिली साहित्य परिषद राजविराजले विद्यापति स्मृती पर्वको अवसरमा विभिन्न कार्यक्रम गरी तीन दिवसीय कार्यक्रम आयोजना गरिने भएको छ । मैथिली भवनमा मङलवार परिषदका अध्यक्ष सतिस कुमार दत्तको अध्यक्षतामा सम्पन्न कार्यसमितिको बैठकले स्मृती पर्वबारे निर्णय गरेको हो ।
मैथिल महिला परिषदद्वारा मंसिर ११ गते १ बजे बिहीबार मैथिली भवनमा साहित्यिक गोष्ठी आयोजना गरिने निर्णय भएको छ । परिषदद्वारा मङ्सिर १२ गते शुक्रबार सप्तरीमे मैथिलीके अवस्थाः वर्तमान आ भविष्य विषयक खुल्ला निबन्ध प्रतियोगिता आयोजना गरिने परिषदका उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिएका छ्न् ।
उनका अनुसार मंसिर १३ गते शनिबार दिउसो १ बजे महाकवि विद्यापतिको स्मृतिमा श्रद्धान्जली सभा तथा शिवदत्त मिश्र मैथिली पुरस्कार, विजयेन्द्र विनोद कला संस्कृति पुरस्कार सहितका सम्मानहरु प्रदान गरिने छ । सोही दिन साझ सहिद दशन चौकमा विद्यापति तस्विरमा माल्यार्पण एवम् मैनवत्ती प्रज्जवलन गरिने परिषदका सचिव अजय कुमार झाले जानकारी दिएका छन् ।
उनका अनुसार परिषदको बैठकले विभिन्न विधाका पुरस्कारहरुकालागि नाम चयन गर्न चयन समिति समेत गठन गरेको छ । समितिको संयोजकमा परिषदका उपाध्यक्ष श्यामसुन्दर यादव, सदस्यमा परिषदका पुर्व अध्यक्ष समेत रहेका पुरस्कारदाता परिवारका विवेकानन्द मिश्र र मैथिल महिला परिषदकी अध्यक्ष शान्ति झा रहेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार
नयाँ आविष्कार- अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने
बैशाख १५, २०८१ शनिबार
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
बैशाख १५, २०८१ शनिबार
बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै
बैशाख १५, २०८१ शनिबार
भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार